close

एनआईसी एसिया बैंकको ग्राहकलाई भाटभटेनीको डिजिटल भुक्तानीमा छुट

टेकपाना टेकपाना

असोज १४, २०७९ १७:४२

एनआईसी एसिया बैंकको ग्राहकलाई भाटभटेनीको डिजिटल भुक्तानीमा छुट

काठमाडौं । एन आई सी एसिया बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा डिजिटल भुक्तानी गर्दा छुट पाउने भएका छन् । चाडपर्वको अवसरमा भाटभटेनीमा एनआईसी एसियाको डेबिड/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले दशैं, तिहार, छठलगायतका पर्वको अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न असोज १ गते देखि कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ता चप्पल खरिद गर्दा डिजिटल भुक्तानी गर्ने ग्राहकलाई उक्त छुटको व्यवस्था गरेको हो ।

बैंकले यस अघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाट–भटेनी सुपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत अन्य मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्याशब्याक तथा छुट उपलब्ध गराइरहेको छ । 

यो अफर अनुसार कात्तिक १५ गतेसम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी एनआईसी एसिया बैंकको डेबिड वा क्रेडिट कार्ड वा मोबाइल बैकिङ मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्याशब्याक तथा छुट उपलब्ध रहेको छ । 

त्यसबाहेक उक्त योजनामा विभिन्न ब्रान्डबाट अनलाईन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्याशब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ १७:४३