close

गुगल सर्चमा आफ्नो जानकारी आए अब थाहा पाउन सकिने

टेकपाना टेकपाना

असोज १५, २०७९ ११:२२

गुगल सर्चमा आफ्नो जानकारी आए अब थाहा पाउन सकिने

काठमाडौं । के तपाईंले कहिलेकाहिँ आफ्नो बारेमा आफैंले गुगलमा खोज्नुभएको छ ? धेरैजसो नतिजा तपाईंको आफ्नै सामाजिक सञ्जालका हुन्छन्, तर केहीले अप्रत्याशित मोड पनि लिनसक्छ । स्वाभाविक रूपमा, सबैभन्दा अनौठो ती ठाउँ हुन्, जहाँ तपाईंको जानकारी हुनु हुँदैन। कतिपय स्थानमा आफ्नो व्यक्तिगत विवरण देख्दा तपाईं आफैंलाई पनि अचम्म लागेको हुनसक्छ ।

यो समस्यालाई सम्बोधन गर्न गुगलले नयाँ फिचर ल्याउने भएको छ । गुगलले हाल एउटा फिचरको परीक्षण गरिरहेको छ, जुन फिचरले तपाईंको व्यक्तिगत विवरण कुनै गुगल सर्चको परिणाममा देखायो भने तपाईंलाई सूचित गर्नेछ ।

गुगलले ठेगाना र फोन नम्बरहरू सहित प्रयोगकर्ताको निजी जानकारी समावेश गर्ने खोज परिणामहरू (search result)को परीक्षण गर्न सुरु गरेको छ । यो ऐच्छिक फिचर हो ।

प्रयोगकर्ताले आफ्नो विवरण सर्चमा नदेखियोस् भन्ने चाहन्छन् भने यो फिचर प्रयोग गर्न सक्छन् । यो फिचर अन गर्दा गुगल सर्चमा आएको विवरणको बारेमा सम्बन्धित प्रयोगकर्तलाई जानेछ । यसरी गुगलको नोटिफिकेसन आएपछि उक्त प्रयोगकर्ताले गुगललाई आफ्नो विवरण परिणामबाट हटाउन अथवा अन्तमा लगेर राख्न लगायतको अनुरोध गर्न सक्नेछ ।

यो फिचर प्रयोग नगर्न चाहेको खण्डमा भने प्रयोगकर्ताले यो अप्सन अफ गरेर पनि राख्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज १५, २०७९ ११:२७