close

एआई र ड्रोनलाई पनि मुद्दा हाल्न पाउनुपर्ने ईयूको प्रस्ताव

टेकपाना टेकपाना

असोज १५, २०७९ १४:१३

एआई र ड्रोनलाई पनि मुद्दा हाल्न पाउनुपर्ने ईयूको प्रस्ताव

काठमाडाैं । युरोपेली युनियन (ईयु)ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ड्रोन जस्ता डिजिटल उपकरणहरू प्रयोग गरिएको उत्पादनबाट प्रभावित मानिसलाई मद्दत गर्न नयाँ नियम प्रस्ताव गरेको छ । एआई समावेश भएको उपकरणले प्रभावित भएको वा त्यस्ता उपकरणले सिर्जना गरेकाे कुनै घटनामा प्रभावित भएका मानिसले उक्त उपकरण विरुद्ध मुद्दा हाल्न पाउनुपर्ने प्रस्ताव ईयुले राखेको छ ।

बीबीसीमा प्रकाशित लेखअनुसार ईयूले डिजिटल युगको लागि उपयुक्त कानूनी व्यवस्था निर्माणमा योगदान दिन यस्तो प्रस्ताव राखेको हो । सेल्फ-ड्राइभिङ कारहरू, भ्वाइस असिस्टेन्ट तथा सर्च इन्जिनहरू सबै निर्देशनको दायरा अन्तर्गत पर्न सक्छन् । अर्थात् यी उपकरणहरू निर्देशनमा चल्छन् ।

यदि यो नियम पास भयो भने, एआईमा आधारित उपकरणहरू कसरी र कहिले प्रयोग गर्ने लगायतका व्यवस्था कार्यान्वयनमा आउनेछ । युरोपेली आयोगका अनुसार एआईको उच्च जोखिम प्रयोगमा पूर्वाधार वा उत्पादनहरू समावेश हुनेछ, जसले प्रत्यक्ष रूपमा कसैको जीवन र जीविकोपार्जनमा असर पार्न सक्छ, जस्तै; यातायात, परीक्षा-अंक वा सीमा नियन्त्रण ।

पछिल्लो अध्यावधिक: असोज १५, २०७९ १४:१३