close

आजसम्म तपाईँले कुन कुन मोबाइल एप चलाउनुभयो ? यस्तो छ थाहा पाउने सजिलो तरिका

टेकपाना टेकपाना

असोज १६, २०७९ ९:४१

आजसम्म तपाईँले कुन कुन मोबाइल एप चलाउनुभयो ? यस्तो छ थाहा पाउने सजिलो तरिका

काठमाडौं । हामीले मोबाइलमा थुप्रै एप प्रयोग गर्दै आएका छौं । विभिन्न सामाजिक सञ्जाल, गेम, हेल्थ एपजस्ता धेरै एप हाम्रो नियमित प्रयोगमा आउँछन् ।

यस्ता एप आवश्यकता अनुसार डाउनलोड गर्ने र काम सक्किएपछि स्टोरेज म्यानेज गर्न डिलिट/अनइन्स्टल गर्ने गरिन्छ । तपाईंले के कस्ता एप चलाउनुभएको थियो, अहिले कुन कुन एप चलाउँदै हुनुहुन्छ भन्ने कुराको रेकर्ड हेर्न सक्नुहुन्छ ।

ती एपहरु आवश्यक भए फेरि पनि डाउनलोड गर्न पनि सक्नुहुन्छ । कतिपय एपले ब्याकअप पनि उपलब्ध गराउँछन्, तपाईंले पहिला चलाएका ती एप कस्ता थिए भन्नेबारे कसरी थाहा पाउने भन्ने विषयमा आज हामी जानकारी दिँदैछौं ।

यसको लागि पहिला सबैभन्दा पहिले आफ्नो मोबाइलको प्ले स्टोरमा जानुहोस् ।  

त्यसपछि माथि देखाइएको तपाईंको प्रोफाइल आइकन ट्याप गर्नुहाेस् ।  

‘म्यानेज एप्स एन्ड डिभाइस’ मा जानुहोस् ।  

म्यानेज (manage) सेलेक्ट गर्नुहोस् ।  त्यसपछि installed र not installed मध्ये not installed छान्नुहोस् । नाेटः याे फिचर स्मार्टफाेन डिभाइस अनुसार फरक फरक रूपमा उपलब्ध हुनसक्छ ।  

अब तपाईंले आफूले सुरुमा मोबाइल चलाएदेखिको एप हेर्न सक्नुहुन्छ।  

आवश्यक माने ती एप पुनः डाउनलोड गर्न पनि सक्नुहुन्छ ।  

यसरी तपाईंले सजिलैसँग आफ्नो फोनमा के कस्ता एप चलाउँदै आउनुभएको थियो, ट्रयाक गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज १६, २०७९ ९:४१