close

करिब ६० प्रतिशतले प्रयोग गर्छन् सञ्चय कोषको अनलाइन सेवा

टेकपाना टेकपाना

असोज १७, २०७९ ९:५८

करिब ६० प्रतिशतले प्रयोग गर्छन् सञ्चय कोषको अनलाइन सेवा

काठमाडौं । गत आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषको अनलाइन सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । सेवा प्रवाहलाई सरल र सहज बनाउने उद्देश्यले अनलाइन कारोबारलाई प्राथमिकतामा राखेर काेषले विभिन्न सेवा अनलाइन मार्फत उपलब्ध गराउँदै आएको छ ।

कोषका अनुसार अनलाइनमा आधारित विशेष सापटी तथा अनलाइनमार्फत नै कोषको सापटी फिर्ता सेवालाई प्राथमिकताका साथ अघि बढाइएको छ जुन प्रभावकारी हुनपुगेको हो । गत आर्थिक वर्ष २०७८/७९ मा १ लाख ३६ हजारलाई विशेष सापटी प्रदान गरिएकोमा ७९ हजार भन्दा बढि सेवाग्राहीले अनलाइन मार्फत नै सापटी माग गरेका थिए ।

अर्थात कुल कारोबारको ५८ प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट भएको थियो । त्यस्तै गत आवका असार मसान्तसम्ममा अनलाइन प्रणाली मार्फत कोषको सापटी फिर्ता गर्ने कार्यको लागि ९२ हजार ५ सय बढी कारोबारबाट १० अर्ब ५० करोड बढी रकम सापटी फिर्ता भएको जनाइएको छ ।

साथै, कोषले सञ्चयकर्ताको जानकारीको लागि विशेष सापटी भुक्तानी म्यानुअल, २०७७ र अनलाईन मार्फत कोष सापटी फिर्ता भुक्तानी म्यानुअल, २०७७ प्रकाशन गरी अनलाइन कारोबारमा जोड दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०७९ ९:५८