close

नेपाली टिम हाइ भोल्टेज बन्यो पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको विजेता

टेकपाना टेकपाना

असोज १७, २०७९

नेपाली टिम हाइ भोल्टेज बन्यो पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको विजेता

काठमाडौं । पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको उपाधि नेपाली पब्जी टिम हाइ भोल्टेजले जितेको छ । सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म चलेको अन्तिम चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हाइ भोल्टेजले उपाधि माथि कब्जा गरेको हो ।

यसै गरी नेपाली पब्जी टिम डेडआइज गाइजले सम्हाली रहेको मंगोलियन पब्जी टिम डेडआइज वारियर्सले दोस्रो स्थान सुरक्षित गरेको छ । अंक तालिकाको तेस्रो स्थानमा भने प्रतियोगिताको उपाधिको दाबेदारका रुपमा हेरिएको मंगोलियन पब्जी टिम गडलाइक स्टलवार्ड रहेको छ । 

प्रतियोगिता विजेता टिम हाइ भोल्टेजले अन्तिम चरणमा भएका १८ खेलमा तिन वटामा चिकेन डिनर र ९३ इलिमिनेसन सहित  कुल २७७ पोइन्ट ल्याएको थियो ।  त्यसै गरी दोस्रो स्थानमा रहेको डेडआइज वारियर्सले तिन चिकेन डिनर र ९६ इलिमिनेसन पोइन्ट सहित कुल २५० पोइन्ट बटुलेको थियो । त्यसैगरी तेस्रो स्थानमा रहेको पब्जी टिम गडलाइक स्टलवार्टले  २ चिकेन  डिनर र ८१ इलिमिनेसन पोइन्ट गरेर कुल २३४ पोइन्ट ल्याएको थियो ।

अन्तिम चरण खेलेका नेपाली पब्जी टिम डीआरएस गेमिङ, इलिमेन्ट्रिक्स र स्काइलाइट गेमिङ क्रमश पाँचौ, छैटौँ र आठौँ स्थानमा रहेका छन् । त्यस्तै ट्रेन टु किल, भेनम लेजेन्ड, डेडआइज गाइज, विजेज क्लब र ज्यानमारा ई-स्पोर्टस क्रमश नवौँ, १० औँ, १२ औँ, १३ औँ र १४ औँ स्थानमा रहेका छन् ।

यो सँगै प्रतियोगिताको विजेता नेपाली टिम हाइ भोल्टेजले १५ हजार डलर हात पारेको छ । उपविजेता टिम डेडआइज वारियर्सले ११,५०० डलर र तेस्रो स्थानमा रहन सफल गडलाइक स्टलवार्टले ९,५०० डलर जित्न सफल भएको छ । अन्य नेपाली पब्जी टिम हाइ भोल्टेज ,डीआरएस गेमिङ, इलिमेन्ट्रिक्स, स्काइलाइट गेमिङ, ट्रेन टु किल र भेनम लेजेन्डले भने पीएमपीएल साउथ एसिया च्याम्पियनसिप फल २०२२ को लागि आफ्नो स्थान पक्का गरेका छन् ।