close

उबरले अब स्वचालित कारमार्फत राइड सेवा दिने

टेकपाना टेकपाना

असोज २२, २०७९ १४:४९

उबरले अब स्वचालित कारमार्फत राइड सेवा दिने

काठमाडौं । राइड हेलिङ कम्पनी उबरले स्वचालित कारमार्फत आफ्नो सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले हुन्डाईको स्वचालित कार आयोनिक ५ मार्फत आफ्नो राइड हेलिङ तथा डेलिभरीको सेवा उपलब्ध गराउन हुन्डाईसँग १० वर्षको लागि सम्झौता गरेको हो ।

अबको केही महिनाभित्रै अमेरिकाका विभिन्न सहरहरूमा उबरले स्वचालित कारमार्फत सेवा उपलब्ध गराउने छ । सुरुमा खाना डेलिभरीको लागि स्वचालित कारको परीक्षण गर्ने कम्पनीको योजना छ ।

कम्पनीले आफ्ना डेटा हुन्डाईलाई उपलब्ध गराई आफ्नो सेवाका लागि गाडीहरू तयार गर्ने पनि बताएको छ । यसले प्रयोगकर्ताको उबरसँगको अनुभवलाई थप रोचक बनाउने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २२, २०७९ १४:५१