close

ट्वीटरमा अब स्क्रिनशट लिन नमिल्ने

टेकपाना टेकपाना

असोज २३, २०७९ १२:४९

ट्वीटरमा अब स्क्रिनशट लिन नमिल्ने

काठमाडौं । ट्वीटरले आफ्ना प्रयोगकर्तालाई स्क्रिनशट लिन नमिल्ने फिचर उपलब्ध गराउने भएको छ । वास्तविक ट्वीटको स्क्रिनशट लिएर शेयर गर्नेभन्दा पनि उक्त ट्वीटको लिंक कपी गर्ने वा लिंक शेयर गर्ने गतिविधिलाई प्रोत्साहन दिन कम्पनीले नयाँ फिचर ल्याउन लागेको हाे ।

हाल केही प्रयोगकर्ताले आफूले कुनै ट्वीटको स्क्रिनशट लिन लाग्दा 'कपी लिंक' र 'शेयर ट्वीट' भन्ने दुई अप्सन देखापरेको सामाजिक सञ्जालमा शेयर गरेका छन् । प्रयोगकर्ताले यी दुईमध्ये एउटा अप्सन छान्नुपर्ने हुन्छ र यसमा दुवै अप्सन नछान्ने सुविधा भने दिइएको छैन ।

यसको अर्थ हो, ट्वीटर अब आफ्नो प्लेटफर्ममा स्क्रिनशट लिन नमिल्ने फिचर ल्याउने तयारीमा छ । प्रयोगकर्ताले ट्वीटको आधिकारिक एपमार्फत कुनै ब्राउजर अथवा साइट लोड गर्दा ट्वीटरलाई आम्दानी हुन्छ । यद्यपि स्क्रिनशट मार्फत कम्पनीलाई कुनै आम्दानी हुँदैन ।

यो कारणले गर्दा पनि कम्पनीले आफ्नो प्लेटफर्ममा स्क्रिनशट लिन नमिल्ने फिचर ल्याउन लागेको हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २३, २०७९ १२:४९