close

बिजी होल्डिङ्सले लियो ग्यापु मार्केटप्लेसको स्वामित्व

टेकपाना टेकपाना

असोज २४, २०७९ १३:४८

बिजी होल्डिङ्सले लियो ग्यापु मार्केटप्लेसको स्वामित्व

काठमाडौं । ग्यापु मार्केटप्लेसलाई बिजी होल्डिङ्सले खरिद गरेको छ । अनलाइन शपिङ प्लेटफर्मका रुपमा लकडाउनको समयमा स्थापना भएको ग्यापुलाई हालै बिजी होल्डिङ्सले प्राप्ति गरेको हो ।

योसँगै ग्यापुका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङ्सले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई निमित्त सीईओको रुपमा नियुक्त गरेको छ ।

ग्यापुले विभिन्न घरायसी सामग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामग्री देशैभर डेलिभरी गर्दै आइरहेको छ । हाल ग्यापुमा ३५ सय बढी भेन्डर, चार लाख बढी उत्पादन उपलब्ध छन् भने दुई लाख १५ हजारभन्दा बढी ग्राहकले दर्ता भई सेवा लिइरहेकाे कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ १३:४८