close

बीवाईडी एट्टो ३ नेपाल आउँदै, फुल चार्जमा ४८० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

असोज २४, २०७९ २१:४२

बीवाईडी एट्टो ३ नेपाल आउँदै, फुल चार्जमा ४८० किमिसम्म गुड्ने

काठमाडाैं । नेपाली बजारमा बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ सार्वजनिक हुने भएको छ । लामो समयदेखि प्रतिक्षामा रहेको याे कार आउँदाे असाेज २९ गते शनिबार सार्वजनिक हुन लागेकाे हाे ।

आकर्षक डिजाइनमा देखिने  बीवाईडी एट्टो ३ ले नेपालमा हाल उपलब्ध कारहरुसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । ब्लेड ब्याट्रीमा उपलब्ध कार दुई  ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । एक ब्याट्रीले ४९.९२ र अर्को  ब्याट्रीले ६०.४८ किलोवाट क्षमता प्रदान गर्दछ ।

त्यस्तै यसले १५० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने बिक्रेता कम्पनी साइमेक्सले जनाएको छ । ८० किलोवाट फास्ट चार्जर रहेको कारको ब्याट्रीलाई ४५ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीकाे दाबी छ ।

यो कारले फुल चार्जमा ४१० देखि ४८० किलोमिटर सम्मको रेन्ज दिने बताइएकाे छ । पाँचजना आरामले बस्न सकिने कारको लम्बाई ४४५५ एमएम, १८७५ एमएम चौडाई, १६१५ एमएम उचाइ रहेको छ ।

त्यस्तै यो कारको भित्री भागमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिङ्गल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेटजस्ता सुविधा उपलब्ध छन ।

सर्फ ब्लु, फाेरेष्ट ग्रीन, पार्कर रेड, बाेल्डर ग्रे र स्काई ह्वाइट कलरमा पाउन सकिने याे कारकाे आधिकारिक मूल्य भने सार्वजनिक गरिएकै दिन ताेकिने बिक्रेता कम्पनीले जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ २१:४९