close

त्रिवि विज्ञान प्रविधि संकायको वेबसाइट ह्याक, सन्दीप लामिछानेका निम्ति न्याय माग्दै ह्याकर

टेकपाना टेकपाना

असोज २५, २०७९ १८:५०

त्रिवि विज्ञान प्रविधि संकायको वेबसाइट ह्याक, सन्दीप लामिछानेका निम्ति न्याय माग्दै ह्याकर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ ।

संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसएसआईटी, बीआईटी लगायतका शैक्षिक कार्यक्रमकाे प्रवेश परीक्षाका लागि फारभ भर्ने पेज ह्याकरले पहुँचमा लिएका हुन् । ह्याक भएको पेजमा क्रिकेटर सन्दिप लामिछानेलाई न्याय दिन माग गरिएको छ ।

बीएससी सीएसआईटीको फारम भर्न बुधबार साँझसम्मको समय हुँदा पेज नै ह्याक भएको हो । 

यसैबीच संस्थानका एक प्रतिनिधिले टेकपानासँगको कुराकानीमा साइट ह्याक भएको पुष्टि गर्दै फिक्स (समाधान) गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ १८:५५