close

बहुप्रतिक्षित बीवाईडी एट्टो ३ आजदेखि नेपाली बजारमा

टेकपाना टेकपाना

असोज २९, २०७९ ९:४७

बहुप्रतिक्षित बीवाईडी एट्टो ३ आजदेखि नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा औपचारिक रूपमा बीवाईडी एट्टो ३ शनिबारदेखि उपलब्ध हुने भएको छ । एक समारोह आयोजना गर्दै बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो विद्युतीय कार नेपाली उपभोक्ताका लागि सार्वजनिक गर्न लागेको हो ।

ब्लेड ब्याट्रीमा उपलब्ध कार दुई  ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । एक ब्याट्रीले ४९.९२ र अर्को  ब्याट्रीले ६०.४८ किलोवाट क्षमता प्रदान गर्दछ । त्यस्तै यसले १५० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । ८० किलोवाट फास्ट चार्जर रहेको कारको ब्याट्रीलाई ४५ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

यो कारले फुल चार्जमा ४१० देखि ४८० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ । पाँचजना आरामले बस्न सकिने कारको लम्बाई ४४५५ एमएम, १८७५ एमएम चौडाई, १६१५ एमएम उचाइ रहेको छ । त्यस्तै यो कारको भित्री भागमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।

सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिङ्गल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेटजस्ता सुविधा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २९, २०७९ ९:४७