close

असिस्टेन्ट ड्राइभिङ मोड बन्द गर्दै गुगल

टेकपाना टेकपाना

असोज २९, २०७९ ११:२०

असिस्टेन्ट ड्राइभिङ मोड बन्द गर्दै गुगल

काठमाडौं । सन् २०१९ मा घोषणा गरेर २०२० मा परीक्षण पश्चात अघिल्लो वर्ष मात्र सार्वजनिक भएको गुगलको असिस्टेन्ट ड्राइभिङ मोड बन्द हुने भएको छ । ड्राइभ गरिरहँदा प्रयोगकर्ताले बोलेकै भरमा धेरै कुरा नियन्त्रण गर्न सकुन् भन्ने उद्देश्यले गुगलले यो फिचर ल्याएको थियो ।

असिस्टेन्ट ड्राइभिङ मोडमा होम स्क्रिन-स्टाइल पेज देखिन्छ । जहाँ गुगलको असिस्टेन्ट सबैभन्दा माथि रहेको हुन्छ । उक्त पेजमा म्युजिक प्लेयर, भोलुम कन्ट्रोल, र तलपट्टि सेन्ड अ मेसेज र मेक अ कल जस्ता दुई ओटा अप्सन रहेका हुन्छन् ।

गुगलको असिस्टेन्ट ड्राइभिङ मोडमा एक्केस पाउनका लागि 'हे गुगल, लन्च ड्राइभिङ मोड' भन्नुहोस् । त्यसपछि तपाईंको स्क्रिनमा असिस्टेन्ट ड्राइभिङ मोड खुल्छ । गुगलको असिस्टेन्ट भ्वाइस मोडलाई ड्राइभिङ मोड भनेर पनि चिनिन्छ ।

गुगल म्याप्सको एपबाट पनि सोझै ड्राइभिङ मोडको एक्सेस पाउन सकिन्छ । गुगलले नाइटुफाइभलाई भने अनुसार प्रायः प्रयोगकर्ताले असिस्टेन्ट ड्राइभिङ मोडभन्दा पनि म्याप नै बढी प्रयोग गरेकाले यो सेवा बन्द हुन लागेको हो । त्यस्तै कतिपय प्रयोगकर्ता नामकै कारणले पनि यो फिचरबार अनविज्ञ भएको गुगलको भनाइ छ ।

हालसम्म यो फिचर कहिलेबाट बन्द ने भन्ने कुनै जानकारी बाहिर आएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २९, २०७९ ११:२०