close

४२० किलोमिटर रेन्ज दिने एटो-३  नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

टेकपाना टेकपाना

असोज ३०, २०७९ १५:३४

४२० किलोमिटर रेन्ज दिने एटो-३  नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

काठमाडौं । नेपाली बजारमा विश्वविख्यात बीवाईडी ब्राण्डको विद्युतीय गाडी एटो-३ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आधिकारिक रूपमा एटो-३ सार्वजनिक गरेको हो । यो सँगै गाडीका लागि बुकिङ समेत खुलाइएको छ ।

साइमेक्स इन्कले ई-प्लेटफर्म ३.०, ब्लेड ब्याट्री र आईजीबीटी (इन्सुलेटेड-गेट बायोपोलार ट्रान्ससिस्टर) प्रविधि समावेश भएको बीवाईडी एटो-३ नेपाली बजारमा ल्याएको हो । १५० किलोवाट क्षमताको मोटरले ३१० एनएम टर्क पैदा गर्ने जनाइएको छ ।

६०.४८ किलोवाट ब्याट्री क्षमता र ब्लेड ब्याट्री प्रविधि प्रयोग भएको एटो-३ ले एक पटकको फूल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार बीवाईडी एटो-३ लाई ८० किलोवाटको चार्जरका माध्यमबाट ५० मिनेटमा करिब ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

त्यस्तै यो गाडी ६.३ सेकेन्डमा शून्यदेखि सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्ने कम्पनीको दावी छ । कम्पनीका अनुसार यसमा भएको ब्लेड ब्याट्री अल्ट्रा सेफ, अल्ट्रा लङ् रेन्ज, अल्ट्रा-हाइ चार्जिङ क्षमता र लामो समयसम्म टिक्ने ब्याट्री हो ।

यस गाडीमा ४४० लिटरदेखि १,३४० लिटरसम्मको बुट स्पेस, १२.८ ईन्चको एडप्टिभ रोटेटिङ मल्टिमिडिया कार्पेट, ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम मिरर, वन-टक इलेक्ट्रिक टचगेट, टायर प्रेसर मनिटरिङ सिस्टम, डिराक अडियो युक्त ८ ओटा स्पिकर, एनएफसी कार्ड कि, पीएप २.५ एयर फिल्टर फिचर समावेश छ ।

नेपाली बजारमा एटो-३ निलो, हरियो, रातो, ग्रे र सेतो गरी पाँच विभिन्न कलर भेरियन्टमा उपलब्ध हुनेछ ।  कम्पनीले यो गाडीको सुरुआती बजार मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ । त्यस्तै सुरूमा गाडी बुक गर्नेले सात किलोवाट र ३ किलोवाटको चार्जर तथा भिटुएल केबल निःशुल्क पाउनेछन् ।

कम्पनीका अनुसार गाडी बुकिङ भएको एक महिनाभित्र ग्राहकलाई डेलिभरी गरिने छ । विश्वभरका ७० देश र ४०० बढी सहरमा रुचाइएको बीवाईडी ब्रान्डले हालसम्म ७ लाख ३० हजार युनिटभन्दा बढी विद्युतीय गाडी बिक्री गरिसकेको छ ।

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १६:२५