close

वर्डक्याम्प २०२२ का लागि ५०० बढिले गरे दर्ता, यसरी बन्न सकिन्छ सहभागी

टेकपाना टेकपाना

असोज ३०, २०७९ १६:३१

वर्डक्याम्प २०२२ का लागि ५०० बढिले गरे दर्ता, यसरी बन्न सकिन्छ सहभागी

काठमाडौं । वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा यहि कार्तिक महिनामा सञ्चालन हुन गइरहेको 'वर्डक्याम्प २०२२' का लागि ५०० भन्दा बढि सहभागी दर्ता भएका छन् । कार्तिक १९ र २० गते सञ्चालन हुने दुईदिने कार्यक्रमका लागि यी सहभागीहरूले अग्रिम रुपमा दर्ता गराएका हुन् ।​

दुईदिने यो कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट सूचना र प्रविधिका विविध विषयमा प्रशिक्षण तथा छलफल हुनेछ भने दोस्रो दिन वर्डप्रेसका विभिन्न विधामध्ये भाषा अनुवाद, थिम समीक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टसन आदि विषयमा प्रशिक्षण दिइने छ ।  

कार्यक्रमबाट वर्डप्रेसमा व्यावसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचना प्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्यातिप्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो । नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । नेपालका विभिन्न सहरहरु काठमाडौं, पोखरा, विराटनगर, बुटवल र चितवनमा विभिन्न वर्डक्याम्प सम्पन्न भइसकेको छ ।

कार्यक्रममा सहभागी हुन विद्यार्थी सहुलियत टिकटका लागि एक हजार रुपैयाँ र अन्य सहभागीहरुको लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । आफ्नो नाम दर्ता गर्नको लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १६:४७