close

नेपाली बजारमा बिजुली कार 'एमजी जेडएस'को बुकिङ खुला, फुल चार्जमा ४४० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

असोज ३१, २०७९ १८:१३

नेपाली बजारमा बिजुली कार 'एमजी जेडएस'को बुकिङ खुला, फुल चार्जमा ४४० किमिसम्म गुड्ने

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस इभीको लागि बुकिङ खुला गरेको छ । अधिकतम ४४० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएकाे यस गाडीमा ७२.६ किलोवाट क्षमताको ब्याट्री रहेको छ ।

१७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडीको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छ ।

गाडीमा अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स ड्राइभर अस्सिटेन्स सिस्टम रहको छ, जसले गर्दा गाडी सुरक्षित रहेको दाबी कम्पनीको छ । गाडीमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ ।

यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्नसक्ने जनाइएको छ । गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।

एमजी जेडएस इभीमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोलजस्ता सुविधा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १८:१३