close

ट्राफिक प्रहरीले बल्ल पायो स्मार्ट लाइसेन्स चेक गर्ने मसिन

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ ८:३४

ट्राफिक प्रहरीले बल्ल पायो स्मार्ट लाइसेन्स चेक गर्ने मसिन

काठमाडौं । स्मार्ट ड्राइभिङ लाइसेन्स छपाई सुरु भएको सात वर्षपछि ट्राफिक प्रहरीले लाइसेन्स जाँच गर्ने उपकरण प्राप्त गरेको छ । बुधबार एक कार्यक्रम गर्दै यातायात व्यवस्था विभागले लाइसेन्स जाँचका लागि विभिन्न उपकरण ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको हो ।

विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार मसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने छ । यसबाट स्मार्ट कार्ड तथा स्मार्ट कार्डवाहकको आधिकारिकता पहिचान गर्न सहज हुने उनले बताए ।

एसियाली विकास बैङ्कको अनुदान सहयोगमा विभागको सूचना तथा सञ्चार प्रविधि आयोजनाअन्तर्गत ८४ लाख १८ हजार ६९६ रुपियाँ बराबरको दुई सय थान स्मार्ट कार्ड रिडर र १९८ थान स्याम कार्ड (एक प्रकारको सीम कार्ड) र​एप्लिकेसन सफ्टवेयर सिडी एक थान हस्तान्तरण गरिएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ ८:३४