close

एन्ड्रोइड १३ मा नयाँ फिचर, अब कास्ट डिभाइसबीच अडियो स्विच गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १०:४४

एन्ड्रोइड १३ मा नयाँ फिचर, अब कास्ट डिभाइसबीच अडियो स्विच गर्न सकिने

काठमाडाैं । गुगलले एन्ड्राेइड १३ सँगै अडियाे आउटपुटमा अपडेट गर्ने भएकाे छ । याे अपडेटसँगै प्रयाेगकर्ताले स्मार्टफाेन, स्मार्ट टिभी लगायत अन्य कास्‍ट डिभाइसहरुबीच अडियाे स्विच गर्न सक्नेछन् ।

हाल प्रयोगकर्तासँग ब्लुटुथ कनेक्ट गरिएकाे डिभाइस र स्पिकरबीच मात्र अडियाे स्विच गर्ने विकल्प छ । गुगल कास्ट एसडीकेमा हुने अपडेटसँगै प्रयाेगकर्ताले रिमाेट-टु-लाेकल, लाेकल-टु-रिमाेट, रिमाेट-टु-रिमाेट ट्रान्सफर गर्नसक्ने भएका हुन् ।

अब प्रयाेगकर्ताले स्मार्टफाेनमा सुनिरहेकाे कुरा स्मार्ट टिभीमा फाेनकाे लक नखाेलिकन एक क्लिकमै नै स्विच गर्न सक्नेछन् । यसअघि नै एन्ड्राेइड टिभी, स्मार्ट स्पिकर र स्मार्ट डिस्प्लेहरुमा गुगल कास्ट प्रयाेग भएकाे थियाे ।

यस फिचरलाई गुगलले एन्ड्राेइड ११ मा नै ल्याएकाे थियाे । तर त्यसमा भएकाे धेरै बगका कारण गुगलले डिसेबल गरेकाे थियाे ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १०:४४