close

हरेक महिना टाटा मोटर्सका २०० विद्युतीय गाडी नेपाली बजारमा

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १३:१०

हरेक महिना टाटा मोटर्सका २०० विद्युतीय गाडी नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको विद्युतीय गाडीको बिक्री बढेको छ । एक हजारभन्दा बढी बुकिङसहित नेपाली बजारमा सुरू भएकाे टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको माग नेपाली बजारमा हरेक महिना बढेकाे कम्पनीले दाबी गरकाे छ ।

टाटा मोटर्सको विद्युतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको कम्पनीको भनाइ छ । बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले तीन चरणमार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ ।

नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको कम्पनीकाे भनाइ छ ।

यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नु नपर्ने कम्पनीले बताएको छ । यसैबीच कम्पनीले फोर्ड इन्डिया प्रालिको सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता पनि गरेको छ ।

यसपछि कम्पनीले प्रति वर्ष चार लाख २० हजार युनिट विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुने कम्पनीको दाबी छ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्लेटफर्म अनुरुप विकास गर्ने पनि बताएको छ ।

टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गरेको पनि जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १३:१०