close

विद्युतीय गाडीका लागि ब्याट्री निर्माण गर्ने शीर्ष १० कम्पनी

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ ९:१२

विद्युतीय गाडीका लागि ब्याट्री निर्माण गर्ने शीर्ष १० कम्पनी

काठमाडौं । पछिल्ला वर्षहरूमा विद्युतीय गाडीले विश्वमा नयाँ आयाम ल्याएको छ । वातावरणीय प्रदूषण न्यूनीकरण गर्न विद्युतीय गाडीले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । नेपालमा पनि विद्युतीय गाडीतर्फ मानिसहरूको आकर्षण बढ्दो छ ।

यसै सन्दर्भमा विद्युतीय गाडीका लागि आवश्यक पर्ने ब्याट्री निर्माणमा थुप्रै कम्पनी लागिपरेका छन् । आज हामी क्लिन टेक्निकाले सार्वजनिक गरेको रिपोर्टको आधारमा विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडीको ब्याट्री निर्माण गर्ने शीर्ष १० देशबारे चर्चा गर्दै छौँ ।

चिनियाँ लिथियम आयन ब्याट्री निर्माता कम्पनी सीएटीएल (कन्टेमपोररी एम्पेयरेक्स टेक्नोलिजी कम्पनी लिमिटेड) विद्युतीय गाडीको ब्याट्री निर्माण गर्ने कम्पनीको सूचीको शीर्ष स्थानमा छ । विश्वको ईभी ब्याट्री बजारमा सीएटीएलले ३४ प्रतिशत बजारहिस्सा ओगटेको छ ।

त्यस्तै दक्षिण कोरियाली कम्पनी एलजी इनर्जी सोलुसन १४ प्रतिशत बजारहिस्साका साथ शीर्ष दुईमा छ ।

एलजी इनर्जी सोलुसनलाई पछ्याउँदै बीवाईडी शीर्ष तेस्रो स्थानमा पर्छ ।

बीवाईडीले ईभी ब्याट्रीको सन्दर्भमा १० प्रतिशत बजारहिस्सा ओगटेको छ ।

बीवाईडीलाई पछ्याउँदै विश्वव्यापी १० प्रतिशत विद्युतीय गाडीको ब्याट्री निर्माण गर्दै पानासोनिक चौंथो स्थानमा छ ।

त्यस्तै दक्षिण कोरियाली कम्पनी एसके इनोभेसन सात प्रतिशत बजारका साथ पाँचौँ स्थानमा रहेको छ ।

पाँच प्रतिशत बजारहिस्सा बनाएकाे सामसङ एसडीआई छैठौं स्थानमा रहेको छ ।

यस रिपोर्टलाई आधार बनाउनु हो भने विश्व बजारको ४६ प्रतिशत हिस्सा चिनियाँ कम्पनी बीवाईडी र सीएटीएलले ओगटेका छन् । विद्युतीय गाडीको ब्याट्री निर्माण गर्नका लागि पछिल्ला वर्षहरूमा त्यस्ता कम्पनीले राम्रो लगानी पाइरहेका छन् ।

त्यस्तै चार प्रतिशत ब्याट्री निर्माण गर्दै सातौँ स्थानमा सीएबीएल रहेको छ । तीन प्रतिशत बजारका साथ आठौँ स्थानमा गुओ जुवान परेको छ ।

यसैगरी दुई प्रतिशत ब्याट्री निर्माण गर्दै नवौँ स्थानमा सुनवडा इलेक्ट्रोनिक कम्पनी रहेको छ भने एक प्रतिशत ब्याट्री निर्माण गर्ने एसभोल्ट दशौँ स्थानमा छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ ९:२२