close

युक्रेनी माटो प्रयोग गरी तयार पारएिका युद्धका तस्वीर एनएफटीको रुपमा बिक्री

टेकपाना टेकपाना

कात्तिक ७, २०७९ १५:४

युक्रेनी माटो प्रयोग गरी तयार पारएिका युद्धका तस्वीर एनएफटीको रुपमा बिक्री

काठमाडाैं । रुस-युक्रेनकाे युद्धले विश्वमा धेरै कुरामा प्रभाव पार्‍यो । गत फेब्रुअरीबाट सुरु भएकाे युद्ध अझै बिराम भएकाे छैन । यस अवधिमा हजाराैँले ज्यान गुमाइसके भने अर्बाैंकाे भाैतिक क्षति भएकाे छ । त र युक्रेनका 'भ्यालेरी वेदुता' भने आफूले छानेकाे क्षेत्र फाेटाेग्राफीकाे युद्धमा थिए ।

राजधानी किभकाे बसाेबास, दैनिक हवाई आक्रमणको चेतावनी, ट्याङ्क र रकेट लन्चरहरूको दृश्य । यी सबैमा उनकाे बानी परिसकेकाे थियाे । कला चेत भएका उनले भने युद्धका कारण ग्रस्त भएकाे आफ्नाे परिवारका फाेटाेहरु क्यामेराबाट खिचेर डकुमेन्टेसन गरिरहेका थिए । 

बाहिर निस्कने अवस्था थिएन । घरभित्रै थुनिएकाे अवस्था थियाे । उनले त्याे समयलाई सदुपयाेग गरे ।

आफ्नाे बाथरुममा युक्रेनी माटाेलाई 'पिग्मेन्ट' (रङ बनाउने साधन)काे रुपमा प्रयाेग गरेर तस्वीरहरु प्रशाेधन गरे । उनलाई तस्वीरकाे रङ,  युद्धपछिकाे युक्रेनकाे अवस्था जस्तै उदासीन लाग्याे । त्यसलाई उनले डिजिटलाइज गर्ने याेजना बनाए ।

हाल उनले तयार पारेका ती तस्वीरहरु डिजिटल आर्ट किनबेच हुने प्लेटफर्म ‘भ्वाइस’मा एनएफटीका रुपमा बिक्री भइरहेकाे छ ।

तर ती तस्वीरहरुले युद्ध र त्यसकाे भयावहता भने सिधा देखाएकाे छैन । ३९ वर्षीय वेदुता ती तस्वीरहरुलाई सैन्य द्वन्द्व र यसले आममानिसमा पारेकाे प्रभावका बारेमा लेखिएकाे कविताजस्ताे मान्छन् ।

उनले तस्वीरहरुमा काव्यात्मक गुण देखाउन ‘गम बिक्रोमेट’ विधि अपनाएका थिए । १९औं शताब्दीमा तस्वीर तयार पार्ने याे एक विधि थियाे । यस विधिमा डाइक्रोमेट्सको प्रकाश संवेदनशीलताका आधारमा तस्वीर तयार हुने गर्दछ । जसका लागि फोटोग्राफिक नेगेटिभहरू प्रयाेग गरिन्छ ।

यस प्रक्रियामा कागज काटेर आकार मिलाउनेदेखि रसायनहरुलाई मिश्रण गर्ने काम हुनेगर्छ । यसमा 'गम अरबी' भनिने सुख्खा चिल्लो रसायनकाे प्रयाेग गरिन्छ । याे रसायनसँगै पानीमा घुल्ने रङ राखिन्छ । तर कलाकार वेदुताले रङकाे सट्टा आफ्नाे युद्धग्रस्त देशको माटाे प्रयाेग गरेका थिए ।

यस विधिमा पराबैंजनी प्रकाशको सम्पर्कमा ल्यायाे भने उक्त चिल्लो पदार्थ ‘गम अरबी’ कडा हुन्छ । साथै बचेको बिक्रोमेट र गम अरबी पखालिन्छ ।

यही बेलामा फोटोग्राफरले तस्वीरमा केही कुरा थप्न ब्रश प्रयाेग गरी आकार दिन सक्छन् । त्यसपछि भने तस्वीरलाई कडा हुन नचलाई राख्नुपर्छ ।

उनले विष (डाइक्रोमेटले ज्यान पनि लिन सक्छ) प्रयाेग गरेर तस्वीर बनाए पनि त्याेपखालिएकाे विश्वास गर्छन् । वेदुताले ‘भ्वाइस’मा राखेका ‘अ ड्रीम’ शीर्षककाे तस्वीर ३०० अमेरिकी डलरमा बिक्री भएकाे छ । जसमा उनकाे छाेराले हवाईजहाज समाएर उभिरहेकाे छ ।

यसबाहेक उनकाे ‘क्लेम नट क्लेम डे’ शीर्षककाे तस्वीर ५०० अमेरिकी डलरमा बिडिङ भइरहेकाे छ ।

उनले यी तस्वीरहरु एक महिनाका लागि भइरहेकाे भर्चुअल ‘एनएफटी रेसिडेन्सी’ मा बिक्रीका लागि राखेका थिए ।

उनकाे यी तस्वीरहरु कलाकारहरुलाई विभिन्न अवसर दिने प्लेटफर्म फोटोभोगले ‘वेब थ्री’ का लागि कलामा काम गर्न आह्वान गरेकाे सन्दर्भमा तयार गरिएका थिए, जसमा उनीसहित २९ देशका विभिन्न कलाकारहरुले तस्वीरहरु तयार पारेका थिए ।

उनले यसअगाडि आफ्ना काम 'भोग इटालिया', 'भोग ग्रीस', 'भाेग पाेर्चुगल', 'हार्पर्स बजार' र 'फाेटाे भाेग' लगायत कलाकारका फाेटाे किनबेच हुने अनलाइन प्लेटफर्ममा राखिसकेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०७९ १५:७