close

नेपालबाट यसरी हेर्नुहोस् सूर्य ग्रहणको लाइभ

टेकपाना टेकपाना

कात्तिक ८, २०७९ १६:३७

नेपालबाट यसरी हेर्नुहोस् सूर्य ग्रहणको लाइभ

काठमाडौं । नेपालमा मंगलबार अपराह्न ४:५२ बजेदेखि सूर्य ग्रहण लाग्दैछ । करिब ३२ मिनेटसम्म रहने यो ग्रहण अपराह्न ५:२५ मा समाप्त हुनेछ । नेपालका पहाडी भेगबाट सूर्य ग्रहण देख्न सकिने नेपाल एस्ट्रोनिमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

सूर्य ग्रहण नाङ्गो आँखाले हेर्न नहुने थुप्रै वैज्ञानिक कारण रहेका छन् । चर्को घाम लागेको बेला सोझै सूर्यमा हेर्नु हाम्रो आँखाका लागि हानिकारक हुन्छ । सूर्यबाट आएको चर्को प्रकाशलाई नाङ्गो आँखाले हेर्दा हाम्रो आँखामा भएको रेन्सले उक्त प्रकाशको किरणलाई कन्भर्ज (एउटै ठाउँमा केन्द्रित गर्ने) गर्छ । जसले गर्दा हाम्रो रेटिना बिग्रिनसक्छ ।

खण्डग्रास सूर्य ग्रहण विभिन्न उपकरणका माध्यमबाट भने हेर्न मिल्छ । यदि तपाईँसँग सोलार फिल्टर, टेलिस्कोप जस्ता उपकरण नभएको अवस्थामा सूर्य ग्रहण नहेर्नु नै उपयुक्त हुन्छ ।

नेपालबाट नासोले खण्डग्रास सूर्यग्रहणको लाइभ देखाउने भएको छ । टेकपानासँग कुरा गर्दै नासोका अध्यक्ष सुरेश भट्टराईले उक्त लाइभस्ट्रिमिङ एभीन्युज टिभी र नासोको युट्युब च्यानलबाट हेर्न सकिने जानकारी दिए ।

नासोको युट्युव च्यानलबाट लाइभ हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०७९ १६:३७