close

सामाजिक सञ्जालमा महिलाको तस्वीर दुरूपयोग गरी हैरानी दिएको आरोपमा एक जना पक्राउ

टेकपाना टेकपाना

कात्तिक ९, २०७९ १७:१

सामाजिक सञ्जालमा महिलाको तस्वीर दुरूपयोग गरी हैरानी दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकाका वडा न ८ बस्ने २१ वर्षीय रवीन्द्र भण्डारी रहेका छन् । 

भण्डारीले पीडित महिलाको तस्वीर सामाजिक सञ्जालमा राखी सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धको कार्य गर्ने गरेको प्रहरीले बताएको छ । साथै उनले पीडित महिलालाई अनावश्यक दुःख हैरानी दिने गरेको र त्यसैका आधारमा पीडितका पतिले उजुरी दिएका थिए ।

विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट गत बुधबार पक्राउ अनुमति लिई साइबर ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय तनहुँको सहयोगमा बिहीबार पक्राउ गरेको हाे । पक्राउ परेका भण्डारीलाई छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ को कसुरको आरोप ठहर भएमा एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म जेल वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०७९ १७:१