close

दुई लाख ५९ हजारमै १०० किलोमिटर रेन्ज प्रदान गर्ने विद्युतीय स्कुटर नेपाली बजारमा

टेकपाना टेकपाना

कात्तिक १०, २०७९ ९:४९

दुई लाख ५९ हजारमै १०० किलोमिटर रेन्ज प्रदान गर्ने विद्युतीय स्कुटर नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा २ लाख ५९ हजार मूल्य पर्न कोमाकी इलेक्ट्रोनिक्सको नयाँ स्कुटर भित्रिएको छ । १०० किलोमिटर रेन्ज प्रदान कोमाकी भेनिस इको मोडेकाे स्कुटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता युनिटी ट्रेडिङले सोमबार भित्र्याएको हो ।

कोमाकी भेन्स स्कुटरमा ५१ भोल्ट ३३ एएच क्षमताको लिथियन आइरन फोस्फेट (LiFePo4) ब्याट्री रहेको छ । त्यस्तै यसमा २.५ किलोवाट पिक मोटर पावर र १.५ किलोवाट रेटेड पावर भएको मोटर रहेको छ । कम्पनीले कोमाकी भेनिस ईकोको ब्याट्रीमा तीन वर्षको वारेन्टी दिने बताएको छ ।

चार्जिङ गर्न तीन देखि ४ घण्टाको समय लाग्ने यो स्कुटरले प्रति चार्ज २ युनिट विद्युत खपत गर्ने कम्पनीले जनाएको छ । एक पटकको फूल चार्जमा ७५ देखि १०० किलोमिटर रेन्ज दिने यो स्कुटरमा एपमा आधारित कनेक्टिभिटी सिस्टम रहेको छ ।

त्यस्तै टीईएफटी स्क्रिन र बुट स्पेस सहितको आरामदायी सिट रहेको कम्पनीले बताएको छ । यसमा इको, कम्फर्ट, स्पोर्ट र टर्वो गरी चार प्रकारका गेर रहेका छन् । त्यस्तै कोमाकी भेनिस इकोमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, ब्लुटुथ कनेक्टीभिटी र एलईडी लाइट जस्ता विशेषता समावेश छन् । कम्पनीले यसको बुकिङ सुरु गरिसकेको छ । युनिटी ट्रेडिङको वेबसाइटमा गएर यो बाइकको टेस्ट राइड गर्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ ९:५१