close

ट्वीटरका सीईओ को हुन्, मलाई थाहा छैन: एलन मस्क

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ २१:३३

ट्वीटरका सीईओ को हुन्, मलाई थाहा छैन: एलन मस्क

काठमाडौं । ट्वीटरको स्वचालित प्रणाली अनुसार एलन मस्कले कम्पनी चलाउनका लागि अझै पनि धेरै कुरा सिक्न बाँकी छ । गत बिहीबारदेखि ट्वीटरको पूर्ण स्वामित्व एलन मस्कको भएपछि उनी उक्त कम्पनीको नयाँ मालिक बनेका छन् ।

आइतबार उनलाई ट्वीटरको स्वचालित प्रणालीबाट ईमेल आयो, जसमा उनलाई 'ट्वीटर १०१ व्यवस्थापन गर्ने समय आयो' लेखिएको थियो । त्यस्तै  ट्वीटरमा राम्रो प्रबन्धक हुनुको अर्थबारे तालिम लिनुपर्ने उल्लेख गरिएको थियो । ४४ अर्बमा ट्वीटर खरिद गर्ने सम्झौता सम्पन्न भएपछि ट्वीटर पूर्ण रूपमा मस्कको नियन्त्रणमा छ ।

आइतबार ट्वीट गर्दै मस्कले भनेका छन्, "भर्खरै ट्वीटरबाट ईमेल आयो । यो वास्तविक तथा स्वतः तयार भएको ईमेल हो । उनले मजाक गर्दै भने, "त्यसैले यो अमूल्य सिक्नका लागि ३० दिनको माग गरेको छु ।"

सोही ट्वीटमा एक जना प्रयोगकर्ताले ट्वीटरको सीईओ को हो भनेर सोधेका थिए । उक्त ट्वीटको रिप्लाई दिँदै मस्कले भनेका छन्, "म 'चिफ ट्वीट' भन्ने कुरा मेरो बायोबाट नै प्रस्ट छ । सीईओ को हो मलाई केही थाहा छैन ।"

कम्पनीको पूर्ण स्वामित्व आफूले लिएपछि मस्कले सबैभन्दा पहिले पूर्व सीईओ पराग अग्रवालसहित शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरेका थिए । यस विषयसँग नजिक भएका एक जानकार व्यक्ति भन्छन्, "मस्कले यो सबै कुनै न कुनै कारणले गरेका हुन् ।"

केही समयअघि विभिन्न सञ्चारमाध्यमले मस्कले आफूलाई सीईओ दाबी गरेको उल्लेख गरेका थिए । उनले भने हालसम्म कोही पनि ट्वीटरको सीईओ नभएको भाव व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ २१:३३