close

उड्ने ट्याक्सी निर्माणका लागि भोलोकप्टरले भित्र्यायो २४ अर्ब लगानी

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ ११:३२

उड्ने ट्याक्सी निर्माणका लागि भोलोकप्टरले भित्र्यायो २४ अर्ब लगानी

काठमाडौं । जर्मनको स्टार्टअप कम्पनी भोलोकप्टरले उड्ने ट्याक्सी निर्माणको लागि करिब २५ अर्ब रकम संकलन गरेको छ । उड्ने र गुड्ने दुवै गाडीको फ्युजनमा काम गर्दै आएको कम्पनीले सिरिज ई राउन्ड अन्तर्गत १८२ मिलियन डलर अर्थात २४ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको हो ।

हाल कम्पनी दुई जना बस्न मिल्ने एयर ट्याक्सी परीक्षणको तयारीमा रहेको छ । युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीले तोकेको मापदण्डका आधारमा कम्पनीले उड्ने ट्याक्सी निर्माण गरिरहेको छ । जसका लागि कम्पनीले यसअघि सिरिज ई राउन्ड अन्तर्गत नै गएको मार्चमा १.८७ बिलियन रकम संकलन गरेको थियो ।

नयाँ लगानी कम्पनीले आफूले तयार पारेको प्रोडक्ट परीक्षणका लागि प्रयोगमा ल्याउने जनाइएको छ । कम्पनीले सन् २०२३ को मध्यतिर गाडीको परिक्षण गर्ने तयारी गरेको छ । भने, सन् २०२४ बाट बजारमा उपलब्ध गराउने छ । 
 

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ ११:४०