close

एलन मस्कको नयाँ निर्णय, भेरिफाइड ट्वीटर अकाउन्टका लागि हरेक महिना ८ डलर तिर्नुपर्ने

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १४:८

एलन मस्कको नयाँ निर्णय, भेरिफाइड ट्वीटर अकाउन्टका लागि हरेक महिना ८ डलर तिर्नुपर्ने

काठमाडौं । आफ्नो ट्वीटर अकाउन्ट आधिकारिक हो भनी जनाउ दिने ब्लु टिक अर्थात् भेरिफाइड ब्याजका लागि प्रयोगकर्ताले मासिक आठ डलर तिर्नुपर्ने भएको छ । हालसम्म अकाउन्ट भेरिफिकेसन निःशुल्क रुपमा उपलब्ध हुँदै आएको थियो ।

एलन मस्कले अघिल्लाे साता ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने सम्झाैता टुङ्ग्याएका थिए । कम्पनी खरिद गरेसँगै उनले आम्दानी थप्न र स्पाम/स्क्याम अकाउन्टसँग जुध्न यस्तो निर्णय लिएका हुन् ।

मस्ककाे यो निर्णयपछि केही विश्लेषकले आलोचना गरेका छन् । शुल्क बुझाएर ब्लु टिक उपलब्ध गराउँदा आधिकारिक स्रोत पहिचनामा समस्या हुने उनीहरूको तर्क छ । तर, मस्कले भने पैसा तिरेर भेरिफाई गर्ने प्रयोगर्तालाई रिप्लाई, सर्चका साथै विज्ञापन लगायतका विषयमा सहुलियत प्रदान गरिने बताएका छन् ।

यसअघि सन् २००९ मा ट्वीटरले भेरिफिकेसन प्रक्रिया सुरु गरेको थियो, जसमा प्रयोगकर्ताले कम्पनीले उपलब्ध गराएको फर्म भरेर ब्लु टिक लिनसक्ने साधारण व्यवस्था थियो । यसलाई परिमार्जन गर्दै ब्लु टिक लिनका लागि शुल्क बुझाउनुपर्ने साथै ब्लु टिकका लागि आवश्यक प्रक्रिया समेत नयाँ हुने जनाइएको छ ।

To all complainers, please continue complaining, but it will cost $8

 

 

 

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १४:२३