close

रेड्मी ट्याब्लेट नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १७:४३

रेड्मी ट्याब्लेट नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा साओमीले पहिलो पटक रेड्मी प्याड सार्वजनिक गरेको छ । १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा ८००० एमएएचको ब्याट्री दिइएको छ ।

टुके रेजोलुसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश रहेको कम्पनीको दाबी छ । साथै यसको स्टोरेज पनि १ टीबीसम्म बढाउन मिल्छ । टीयूभी रेनल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्त भएकोले यस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनि आँखा पोल्ने, दुख्ने समस्या नहुने कम्पनीको भनाइ छ ।

त्यस्तै डल्बी एटमसको क्वाड कोर स्पिकर रहेकाले ट्याबको अडियो गुणस्तर राम्रो रहेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै यसको ८ मेगापिक्सेलको अल्ट्रा वाइड फ्रन्ट क्यामरा ग्रुुप भिडिओ कलको लागि अत्यन्तै उपयुक्त हुने दाबी गरिएको छ ।

यस्तै यसमा भएको फोकस फ्रेम टेक्नोलोजीले क्यामरा अगाडि धेरै मान्छेहरु देखिनासाथ आफैं वाइडर भ्युमा स्विच हुन्छ, जसले गर्दा सबैजना भिडिओ फ्रेमको बीचमा रहन सजिलो हुन्छ । ट्याबमा मेडिया टेक हेलियो जी९९ प्रोसेसर छ ।

६ एनएमको प्रोसेसरले एपहरु चलाउन र अन्य कामहरु गर्न सरल र छरितो बनाउने कम्पनीले उल्लेख गरेको छ । यसमा प्रयोगकर्ताले १८ वाटको फास्ट चार्जिङ र २२.५ वाटको इनबक्स चार्जर पाउनेछन् ।

यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छ । ६/१२८ जीबीको स्टोरज अप्सनमा उपलब्ध यो ट्याब्लेटको मूल्य ३४,९९९ रहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १७:४३