close

५० मेगापिक्सेलको क्यामेरासहित नेपाली बजारमा सामसङको नयाँ फोन आउँदै

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १८:३१

५० मेगापिक्सेलको क्यामेरासहित नेपाली बजारमा सामसङको नयाँ फोन आउँदै

काठमाडौं । सामसङले युवा पुस्तालाई लक्षित गर्दै नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले 'ग्यालेक्सी ए जिरो फोर' (A04) माेडेलकाे स्मार्टफोन ल्याउन लागेकाे हाे । मुख्य आकर्षणका रूपमा यसमा ५० मेगापिक्सेलकाे क्यामेरा छ ।

मिडरेन्जको मूल्यमा उपलब्ध हुने फाेनबारे अन्य विवरण चाँडै उपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १८:३१