close

टेलिकममा जागिर मिलाइदिने भन्दै सामाजिक सञ्जालमा ठगी धन्दा, सतर्क रहन आग्रह

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ ९:३६

टेलिकममा जागिर मिलाइदिने भन्दै सामाजिक सञ्जालमा ठगी धन्दा, सतर्क रहन आग्रह

काठमाडौं । नेपाल टेलिकम तथा कम्पनीका जिम्मेवार पदाधिकारीहरूको नाम जोडेर सामाजिक सञ्जालमार्फत स्क्याम (ठगी) भइरहेको पाइएपछि भन्दै टेलिकमले सचेत रहन आग्रह गरेको छ । फेसबुक, मेसेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका विभिन्न माध्यमबाट कम्पनीमा रोजगार मिलाइदिने भन्दै सर्वसाधारणलाई झुक्काएको घटना सार्वजनिक भएपछि टेलिकमले एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको हो ।

"नेपाल टेलिकम तथा कम्पनीका जिम्मेवार पदाधिकारीहरूको नाम समेत जोडेर फेसबुक, मेसेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत 'कम्पनीमा रोजगारी दिलाउने तथा त्यसका लागि आवश्यक तालिम समेत उपलब्ध गराउने' बहानामा धेरैलाई झुक्काएको पाइएकाले यसप्रति सचेत रहन सबैमा अनुरोध छ," सूचनामा लेखिएको छ ।

आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न पनि कम्पनीले अनुरोध गरेको छ । साथै सामाजिक सञ्जालमा रहेका टेलिकमका भेरिफाइड पेज (टेलिकमको नामका पछाडि रहेको निलो टिक मार्क) तथा वेबसाइटबाट उपलब्ध गराइएका जानकारीलाई आधार मान्न टेलिकमले अनुराेध गरेको छ । 

No description available.

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ ९:३६