close

नागरिक एपको सर्भर डाउन, सबै सेवा प्रभावित

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ १४:२८

नागरिक एपको सर्भर डाउन, सबै सेवा प्रभावित

काठमाडौं । नागरिक एपको सर्भरमा समस्या देखिएको छ । सर्भर डाउन हुँदा यो सरकारी एपमा समावेश गरिएका सबै सेवा अवरुद्ध भएका छन् ।

प्रयोगकर्ताले एप लगइनमै समस्या भोगेको गुनासो गरेका छन् । इन्टरनेट हुँदा पनि एप लगईनमा इन्टरनेट कनेक्सन नभएको सन्देश देखापरेको छ ।

यस विषयमा नागरिक एपका एक प्रतिनिधिले एपमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिए । “समस्या पहिचान भइसकेको छ । शनिबार बेलुकीसम्म एप सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छौं,” उनले भने ।

सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै माध्यमबाट दिने गरी नागरिक एप ल्याएकाे हाे ।

एपले शुक्रबारमात्र ल्याएकाे पछिल्लाे अपडेटमा बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यलयद्वारा जारी गरिएको पत्रकार परिचयपत्र समावेश गरिएकाे छ । साथै मतदाता परिचयपत्रको पूर्ण अद्यावधिक विवरणहरु पनि थप भएकाे छ । 

अपडेटः नागरिक एपमा देखिएको समस्या समाधान भएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ १७:१०