close

बीएससी सीएसआईटी वा बीआईटी: कुन कोर्ष पढ्ने ?

सञ्जीवन राई सञ्जीवन राई

कात्तिक १९, २०७९ १५:२१

बीएससी सीएसआईटी वा बीआईटी: कुन कोर्ष पढ्ने ?

काठमाडाैं । कक्षा १२ काे नतिजा प्रकाशनपछि अहिले स्नातक तहकाे भर्ना प्रक्रिया चलिरहेकाे छ । धेरै विद्यार्थी उपयुक्त काेर्ष र कलेजकाे खाेजीमा छन् । विद्यार्थीलाई सहज हाेस् भनेर हामीले सूचना प्रविधि (आईटी)सँग सम्बन्धित विभिन्न काेर्ष र पढाइ हुने कलेजबारे जानकारी दिइरहेका छाैं ।

आज हामी देशकाे जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन गरिरहेकाे बीएससी सीएसआईटीबीआईटी काेर्षबारे जानकारी दिँदै छाैँ । हाल यी दुवै विषय त्रिविकाे ज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सञ्चालन भइरहेका छन् ।

परिचय

त्रिविले पहिले सञ्चालन गरिरहेकाे कम्प्युटर विज्ञानकाे तीन वर्षे काेर्षलाई परिमार्जन गर्दै वि.सं. २०६४ बाट बीएससी सीएसआईटी (बीएससी ईन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नाेलाेजी) कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । त्यस्तै बीआईटी (ब्याचलर्स ईन इन्फर्मेसन टेक्नाेलाेजी) भने वि. सं. २०७६ बाट मात्र सञ्चालनमा आएकाे काेर्ष हाे ।

सीएसआईटी १२६ क्रेडिट आवरकाे काेर्ष हाे भने बीआईटी १२० क्रेडिट आवरकाे काेर्ष हाे । सीएसआईटीमा ६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित काेर्ष रहेकाे छ । बीआईटीमा भने बढीजसाे कम्प्युटर एप्लिकेसनसँग सम्बन्धित विषयहरुकाे पढाइ हुने गरेकाे छ ।

काेर्षमा समावेश भएका विषय

यी दुई काेर्षबीचकाे मुख्य भिन्नता विषयहरु भएकाे त्रिविकाे कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सर्विन सायमी बताउँछन् । उनका अनुसार सीएसआईटीमा भएका धेरैजसाे विषयहरु बीआईटीमा छैनन् ।

त्यस्तै बीआईटीमा भएका सीएसआईटीमा छैनन् । यी दुवै विषयमा भएका साझा विषयहरुमा भने अध्ययनशैली र पाठ्यक्रम फरक रहेकाे छ ।

“फिजिक्स सीएसआईटीमा छ भने बीआईटीमा छैन । स्टाटिस्टिक्स र म्याथ विषय सीएसआईटीकाे दुई सेमेस्टरमा भाग १ र २ गरी पढाइ हुन्छ । तर बीआईटीमा यी विषयकाे आधारभूत कुराहरुकाे मात्र हुने गर्दछ,” उनी भन्छन् ।

बीआईटीमा नभएका, तर सीएसआईटीमा भएका मुख्य विषयहरु कम्पाइलर, थ्याैरी अफ कम्प्युटेसन, माइक्राेफ्राेसेर,  कम्प्युटर आर्किटेक्चर  कम्पाइलर डिजाइन एण्ड कन्स्ट्रकसन, अटाेमेसन र राेबाेटिक्स, न्युराे नेटवर्क आदि विषय रहेका छन् ।

सीएसआईटीमा इलेक्टिभ अन्तर्गतका सैद्धान्तिक विषयहरुमा कग्निटिभ साइन्स, इन्फर्मेसन रिट्रेभल आदि रहेका छन् । त्यस्तै डिजाइन अन्तर्गत इम्बेडेड सिस्टम, रियल टाइम सिस्टम, माइक्राेफ्राेसेर बेस्ड डिजाइन आदि रहेका छन् ।  यी विषय कम्प्युटर विज्ञानमा आधारित रहेकाे उनी सुनाउँछन् ।

“हुन त माइक्राेफ्राेसेर,  कम्प्युटर आर्किटेक्चरजस्ता विषय बीआईटीमा पनि रहेका छन्,” यसमा थप स्पष्ट पार्दै उनी भन्छन्, “तर यी दुवै विषयहरुलाई एकै ठाउँमा राखेर माइक्राेफ्राेसेर एन्ड कम्प्युटर आर्किटेक्चर भन्ने विषय बनाइएकाे छ ।”

उनका अनुसार बीआईटी काेर्ष आईटीसँग सम्बन्धित भएका कारण यसमा आईटीका विषयहरु बढी रहेका छन् । जस्तै: वेब टेक्नाेलाेजी ।

“वेब टेक्नाेलाेजी विषय सीएसआईटीमा एक सेमेस्टरमा मात्र पढाइ हुन्छ । तर बीआईटीमा वेब टेक्नाेलाेजी दुई सेमेस्टरमा भाग १ र २ भनेर पढाइ हुन्छ,” उनी भन्छन् ।

बीआईटीमा डेटाबेस एड्मिनिस्ट्रेसन, सिस्टम एड्मिनिस्ट्रेसन, ई -कमर्स, ई-बिजनेस जस्ता विषय छन् । उनका अनुसार यस काेर्षकाे इलेक्टिभमा भएका विषयमध्ये केही सीएसआईटीका मुख्य विषयहरु रहेका छन् ।

“बीआईटी बढी ‘अप्लाइड’तिर केन्द्रित रहेकाे छ । यस काेर्षमा कम्प्युटर विज्ञानका सैद्धान्तिक विषयभन्दा पनि एप्लिकेसनसँग सम्बन्धित विषयहरु रहेका छन्,” उनी अघि भन्छन्, “यस विषयकाे अध्ययनपछि कम्प्युटर विज्ञानकाे सैद्धान्तिक कम हुन्छ, जसले स्नातकाेत्तर र विद्यावारीधि गर्न नसकिने भन्ने हाेइन र तर अनुसन्धान गर्दा केही स्राेतहरुकाे अभाव भने हुने देखिन्छ ।”

समग्रमा भन्दा सीएसआईटीले आईटीका विषयहरुलाई समेटे पनि यसले कम्प्युटर विज्ञानका सैद्धान्तिक विषयहरुलाई बढी प्राथमिकता दिएकाे छ । भविष्यमा कम्प्युटर विज्ञानसँग सम्बन्धित कुनै अध्ययन तथा अनुसन्धान गर्नका लागि याे‍ विषयकाे अध्ययन उपयुक्त हुने उनी बताउँछन । साथै आईटीका विषयहरु ४० प्रतिशत भएका कारण यस क्षेत्रमा पनि विद्यार्थी जान सक्छन् ।                                                                                                                                                                                                                        

भविष्य

नेपालकाे सन्दर्भमा सीएसआईटी, बीआईटी, कम्प्युटर इन्जिनियर, बीसीए जे पढेपनि विद्यार्थीहरुलाई कामकाे बजार एउटै लाग्‍ने गरेकाे उनी बताउँछन् ।

“बिडम्बनावश हाम्राे देशमा आउटसाेर्सिङ धेरै भएकाे हुँदा सिस्टम डिजाइनिङ, सिस्टम एनलाइसिस गर्ने काम बाहिर हुने गर्दछ । जसले गर्दा यहाँ काेडिङ लेभलकाे काम बढी हुने गर्दछ,” थपमा उनी भन्छन्, “प्राेगामिङ यहाँ सबैले पढेका हुन्छन् । नपढेकाले पनि केही समय सिके पछि गर्न सक्छन् । यसकारण गर्दा विद्यार्थीहरुलाई प्राेगामिङ नै सबै जस्ताे लाग्छ ।”

सबै विद्यार्थीहरुकाे राेजाइ काेडिङ नहुने उनकाे धारणा छ । उनका अनुसार प्राेगामिङले मात्र करियर वृद्धि नहुने भएकाले यी विषयहरुकाे आवश्यकता रहेकाे छ ।

बीआईटी पढेकाले सुरुमा काेडिङ गरेपनि सिस्टम एड्मिनिस्ट्रेसन, डेटाबेस एड्मिनिस्ट्रेसन जस्ता क्षेत्रमा वा अप्लाइड क्षेत्रमा जाँदा एड्मिन तहसम्म पुग्‍नसक्ने उनी विश्वास गर्छन् । त्यस्तै सीएसआईटी अथवा कम्प्युटर विज्ञान पढेका विद्यार्थीहरु सिस्टम एनलाइसिस, सिस्टम डिजाइनिङ, टेस्टिङ, एल्गाेरिदमहरुकाे डिजाइनिङ, प्राेजेक्ट मेनेजर भएर काम गर्नसक्ने उनी बताउँछन् । 

इन्टर्न र प्राेजेक्ट

यी दुवै विषयकाे साताैं सेमेस्टरमा तीन महिने इन्टर्नशिप रहेकाे छ । यसबाहेक कलेजहरुले स-साना प्राेजेक्टहरु विभिन्न सेमेस्टरहरुमा सञ्चालन गरिरहेकाे उनले बताउँछन् । सीएसआईटीकाे साताैं सेमेस्टरमा हुने प्राेजेक्टमा विद्यार्थीहरुले आफैं कुनै एल्गाेरिदम लागू गर्नुपर्ने व्यवस्था रहेकाे उनी बताउँछन् । 

उनका अनुसार सीएसआईटीका विद्यार्थीहरुले व्यापारिक बाहेक राष्ट्र हित हुने प्राेजेक्टहरुमा काम गरिरहेका छन् । “कृषि, स्वास्थ्य, शेयर बजार, टिकेटिङ जस्ता क्षेत्रमा विद्यार्थीले सरकारसँग सहकार्य गरेर प्राेजेक्टहरु गरिरहेका छन्,”  उनी भन्छन्, “यसबाहेक विद्यार्थीहरुले गरेका प्राेजेक्टहरुलाई बजारमा लान सहयाेग गर्नका लागि कलेजहरुले भूमिका खेलिरहेकाे हुन्छन् ।”

कलेज

आङ्गिक र निजी गरी देशभर जम्मा ६० कलेजहरुमा सीएसआईटीकाे पढाइ भइरहेकाे छ । काठमाडाैंमा चार ओटा आङ्गिक र २६ ओटा निजी कलेजहरु रहेका छन् । काठमाडाैंमा भएका आङ्गिक कलेजहरु पाटन कलेज, अस्कर कलेज, पीके कलेज र भक्तपुर मल्टिपल कलेज हुन् ।

त्यस्तै बीआईटी भने हाल आङ्गिक कलेजहरुमा मात्र पढाइ भइरहेकाे छ । याे विषय काठमाडाैं र काठमाडाैंबाहिर गरी जम्मा ११ ओटा कलेजहरुमा पढाइ भइरहेकाे छ ।  

शुल्क र काेटा

यी दुवै विषयहरुकाे अध्ययन गर्नका लागि आङ्गिक कलेजमा लगभग तीन लाख रुपैयाँ र निजी कलेजहरुले भने उनीहरु स्वयंले लिने उनी बताउँछन् । 

हाल सीएसआईटी काेर्षमा कलेजअनुसार ३६ र ४८ जनाकाे काेटा रहेकाे छ । बीआईटीमा भने धेरैजसाे कलेजहरुमा ३६ जनाकाे काेटा रहेकाे छ ।

तर बीआईटीकाे पढाइ हुने पुरानाे आङ्गिक कलेजहरुमा भने ७२ जनाकाे काेटा रहेकाे छ । यसबाहेक अस्कर र पाटन कलेजमा १४४ काेटा रहेकाे छ ।

काेर्ष अपडेट

त्रिविले सीएसआईटीकाे पाठ्यक्रमलाई २०७४ मा अपडेट गरेकाे थियाे, जसमा कम्प्युटर विज्ञानकाे नयाँ सिद्धान्तहरु थपेकाे उनी बताउँछन् । बीआईटी भने हालै मात्र सञ्चालनमा आएकाले यसमा अपडेटकाे काम हाल नभएकाे उनी बताउँछन् ।

“प्राेगामिङ ल्याङवेजहरु परिवर्तन भइरहने र बढी डाइनामिक हुने भएका कारण सबैलाई समेट्न गाह्राे हुन्छ । यसकारण सीएसआईटी अथवा बीआईटीमा प्राेगामिङ ल्याङवेजकाे मातृभाषा ‘सी’ राखिएकाे छ ।” काेर्ष अपडेटबारेमा जानकारी दिँदै उनी थप भन्छन्, “सी बाहेक अब्जेक्ट ओरियन्टेड प्राेगामिङहरु सी प्लस प्लस, जाभा काेर्षमा समावेश गरिएकाे छ ।”

यी ल्याङवेजहरु सिकेपछि विद्यार्थीहरुले कुनै पनि नयाँ प्राेगामिङ ल्याङवेज आफैं सिक्नसक्ने उनी बताउँछन् ।

स्पेसलाइजेसन 

यी दुवै काेर्षकाे स्पेसलाइजेसन काेर्षहरु इलेक्टिभमा हुने उनी बताउँछन्।

“सबैकाे रुचि एउटै हुँदैन । साथै सबैलाई एउटै पढ भन्न मिल्दैन,” उनी अघि भन्छन्, “हामीले स्नातक तहमा नयाँ नयाँ काेर्षहरु पढाउने उद्देश्यले इलेक्टिभ काेर्षहरु तयार पारेका छाैँं । यदि ती काेर्षहरु पढेर कसैलाई थप अध्ययन गर्न मन लागे स्नातकाेत्तरमा अध्ययन गरेर स्पेसलाइजेसन गर्न सक्छन् ।”

प्रवेश परीक्षा

उनका अनुसार यी दुवै विषयकाे प्रवेश परीक्षा पहिलेकाे तुलनामा व्यवस्थित भएकाे छ । यी दुवै विषयकाे प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि विद्यार्थीले प्रायाेरिटी लिस्ट भर्नुपर्छ । यसकाे आधारमा विश्वविद्यालयले मेरिट निकाल्छ । साेही मेरिटका आधारमा कलेजहरुले विद्यार्थीकाे भर्ना प्रक्रिया सुरु गर्छन् ।  

यस प्रक्रियाबाट राम्राे विद्यार्थीले राम्राे कलेज छान्न पाउने र आफूले चाहेकाे कलेजमा जानसक्ने उनी बताउँछन् । यसाे गर्दा विद्यार्थी स्वयंले चयन गरेकाे प्राथमिकताका कारण विद्यार्थी बढी सन्तुष्ट हुने उनी बताउँछन् । 

विद्यार्थीहरुले प्रवेश परीक्षाका लागि अनलाइन फाराम भर्दा हाेस् या कुनै सूचना हेर्दा धेरैजसाेले वेबसाइटमाथि गुनासाे गर्ने गरेका छन् । कतिपयलाई वेबसाइट कमजाेर भएका कारण आफूले भरेकाे विवरण असुरक्षित हुन्छ कि भन्ने लाग्‍नसक्छ । तर यस्ताे केही नभएकाे उनी बताउँछन ।

“हाम्राे सर्भर सुरक्षित रहेकाे छ । कुनै दुविधा लिनुपर्ने आवश्यकता छैन,” थपमा उनी भन्छन्, “हाम्राे डेटा हराउने हाे कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।”

भर्ना

सीएसआईटी अध्ययनका लागि उच्च मावि तहमा विशुद्ध विज्ञान संकाय पढेकाे हुनुपर्ने प्रावधानहरु रहेकाे छ । यसबाहेक ए लेभल वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अध्ययन गरेका विद्यार्थीहरुले पनि पढ्न पाउँछन् ।

तर उनीहरुले १०० पूर्णाङककाे भाैतिक विज्ञान र गणित विषयकाे अध्ययन भने गरेकाे हुनु पर्दछ । साथै उच्च मावि तह अध्ययन गरेका विद्यार्थीहरुले अन्तिम प्राप्ताङ्कमा हरेक विषयमा सी ग्रेड ल्याएकाे हुनु पर्दछ ।

बीआईटी अध्ययनका लागि भने उच्च मावि तहमा जुनै संकाय पढे पनि हुन्छ । तर अन्तिम प्राप्ताङ्कमा कम्तिमा पनि कुल १.१ जीपीए अथवा डी ग्रेड ल्याएकाे हुनु पर्दछ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ १६:४१