close

कार्वन उत्सर्जन कम गर्ने प्रविधिमा लगानी गर्न विश्व बैंकको आह्वान

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १०:१९

कार्वन उत्सर्जन कम गर्ने प्रविधिमा लगानी गर्न विश्व बैंकको आह्वान

काठमाडौं । विश्व बैंकले नेपाल, पाकिस्तान, चीन लगायत २० देशलाई कार्बन उत्सर्जन कम गर्नका लागि प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले विभिन्न देशहरूलाई कार्वन उत्सर्जन कम गर्न चाल्नुपर्ने कदमका विषयमा सुझाव दिएको छ ।

सुझावमा नेपाल लगायतका देशहरूले प्रविधिको क्षेत्रमा कार्वन उत्सर्जन कम हुने गरी उत्पादन गर्न सुझाव दिएको छ । आजको दिनमा विद्युत, स्टिल, सिमेन्ट तथा अन्य उत्पादक क्षेत्रहरूमा कार्वन उत्सर्जन कम हुने प्रविधि र आविष्कारको आवश्यकता रहेको रिपोर्टको निष्कर्ष छ ।

यस अध्ययनमा समेटिएको देशहरूमा नेपाल सहित अर्जेन्टिना, बंगलादेश, बुर्किनी फासो, क्यामरुन, चाड, चीन, इजिप्ट, घाना, इराक, जोर्डन, काजकिस्तान, मलावी, माली, मोरक्को लगायत रहेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १०:१९