close

के साच्चिकै ईसिमले प्लास्टिक सिम विस्थापित गर्ने बेला आएकै हो ?

टेकपाना टेकपाना

कात्तिक २१, २०७९ २१:२४

के साच्चिकै ईसिमले प्लास्टिक सिम विस्थापित गर्ने बेला आएकै हो ?

काठमाडौं । स्मार्टफोनका लागि ईसिम विकास भएको पाँच वर्ष भइसकेको छ । तर पनि सन् १९९१ मा सुरु भएको प्लास्टिक बाट बनेको सिमकार्डको प्रचलन भने परिवर्तन हुन सकेको छैन ।

अब के साच्चिकै ईसिमले पुरानो सिमलाई प्रतिस्थापन गर्ने समय भएकै हो त ? किन हामी अझै सिम कार्डभन्दा पछिको समयमा छैनौँ ? यिनै प्रश्नहरू माझ आज हामी ईसिम आत्मसाथ गर्ने सवालमा पछिल्लो अवस्थाको बारेमा चर्चा गर्दै छौँ ।

ईसिम अझै किन सामान्य भइसकेको छैन ?

अहिले पनि अमेरिका नै यस्तो देश हो, जसले विश्व प्रविधि बजारमा 'ट्रेन्ड सेट' गर्ने कार्यको नेतृत्व गरिरहेको छ ।

एउटा मोबाइल सेवा प्रदायकबाट उत्प्रेरित बजार भएको हिसाबले अमेरिकी सेवाप्रदायकहरू ईसिमलाई गति दिने कुरामा त्यति इच्छुक देखिँदैनन् । ईसिमका लागि उपभोक्ता बजारको अवस्था सम्बन्धी जीएसएमएको पछिल्लो प्रतिवेदनले अमेरिकामा यो 'इम्बेडेड डिजिटल फर्म्याट' (डिजिटल रूपमा गाँस्न मिल्ने ढाँचाको सिम कार्ड) को बारेमा केवल १७ प्रतिशतलाई मात्र जानकारी छ ।

यो स्तर बेलायत र क्यानडामा अझै न्यून छ । सन् २०१७ मा पिक्सेल टु र आईफोन एक्ससँगै 'डेब्यु' गरेको यो ईसिमको उद्विकासका लागि अनौठो कुरा हो । ईसिम-इम्बेडेड एउटै फोनमा थुप्रै सिम कार्ड राख्ने क्षमता हुन्छ ।

जसले गर्दा एउटा मोबाइल वा डेटा नेटवर्कबाट अर्को नेटवर्कमा स्विच गर्ने कार्य वाईफाई नेटवर्क जत्तिकै सामान्य बनाउँछ । तर कमजोर कनेक्टिभिटी वा ग्रामीण नेटवर्क रहेका क्षेत्रमा प्रयोगकर्ता सहजै वैकल्पिक सेवाप्रदायकतर्फ जाने स्थिति बन्छ ।

यसको अर्थ मुख्य तथा ठूला मोबाइल सेवाप्रदायकको बजार गुम्नु पनि हो । नेपाल-भारत जस्ता बजारमा राम्रो डेटा, भ्वाइस तथा अनुकूल मूल्य दरका हिसाबले सामान्य मानिन्छ ।

भौतिक सिम कार्ड परिवर्तन गरिरहनु पर्ने झन्झट हटाउँदा सेवाप्रदायकलाई ग्राहक गुम्ने डर हुन्छ, जसले गर्दा सकेसम्म मुख्य सेवाप्रदायकहरू ईसिमलाई बेवास्ता गर्न चाहन्छन् । सैद्धान्तिक रूपमा कुनै पनि नेटवर्कमा ईसिम सेटअप गर्नु भनेको क्यूआर कोडमा क्यामेरा तेर्स्याएर एक्टिभेट गरे जत्तिकै सहज कुरा हो ।

तर व्यवहारिक रूपमा यो एकदमै दुर्लभ सत्य हो । नेपाल टेलिकमका प्रयोगकर्ताले ईसिम लिन तथा त्यसलाई सक्रिय पार्न कम्पनीको कार्यालयमै पुग्नुपर्ने वाध्यता छ ।

तर कतिपय देशका सेवाप्रदायकको हकमा ईसिमका लागि एप इन्स्टल गर्नु पर्ने हुन्छ । जब कि इन्टरनेटमा आधारित कलिङ, टेक्स्टिङ र भिडिओ मेसेजिङ सामान्य भइसकेको छ ।

यस्तोमा मोबाइल सेवाप्रदायकका लागि आम्दानी वृद्धि गर्न थोरै मात्र विकल्प बाँकी छन् । यस्तोमा चर्को फ्रिक्वेन्सी दस्तुर र ईसिमले सेवाप्रदायकहरूलाई त्यति धेरै आकर्षित गर्न सकिरहेको छैन ।

त्यस्तै प्रिमियम मूल्यका अन्तर्राष्ट्रिय रोमिङ योजनाहरू सेवाप्रदायकका लागि नाफाको स्रोत हो, जसलाई ईसिमले असर पुर्‍याउन सक्छ । 

कठिन छ ईसिमको बजार

बजारिकरण ईसिमका लागि अर्को समस्या हो ।​ जुनिपर रिसर्च हालैको एक प्रतिवेदनले सन् २०२५ सम्म ईसिम-इम्बेडेड उपकरणको सङ्ख्या झन्डै तीन अर्ब ४० करोड पुग्ने उल्लेख गरेको छ ।

जसमा यस अघि नै करिब एक अर्ब २० करोड उपकरण ईसिम सपोर्ट गर्ने किसिमका रहेको अनुमान छ ।

तर उपभोक्ता जागकरण निकै कम छ । साथै मोबाइल सेवाप्रदायकहरूले ईसिमलाई अगाडि बढाउनेमा मामिलामा थोरै मात्र लाभ देखेका छन् । 

सुरुवाति समयमा राख्ने प्रक्रिया र यात्रा गरिरहने व्यक्तिहरू प्रतिको सकारात्मक भाव बाहेक मोबाइल सेवाप्रदायक र स्मार्टफोन निर्माताले ग्राहकका लागि आफ्नो सिम कार्ड स्लट त्यागेर ईसिम लिनका लागि खासै लाभ प्रस्तुत गर्न सकेका छैनन् ।

धेरैजसो स्मार्टफोन प्रयोगकर्ताले दुई देखि तीन वर्षसम्म फोन प्रयोग गर्दछन् । जसले गर्दा एकपटक सिम राखिसकेपछि पुनः त्यसलाई झिकेर अर्कोमा राख्नुपर्ने झन्झट खासै पर्दैन ।

यस्तोमा सिम कार्ड राख्ने र झिक्ने सहजता बाहेक स्मार्टफोन प्रयोगकर्ताका लागि प्लास्टिक सिम त्याग्नुपर्ने त्यस्तो कुनै आवश्यकता पनि छैन । यतिसम्म कि पछिल्लो समयमा सार्वजनिक भएको आईफोन १४ सिरिज अन्तर्गत अमेरिकामा सिम कार्ड स्लट बिनाको मोडल ल्याइएको छ ।

त्यसले सर्वव्यापी प्रचलनमा रहेको सिम कार्ड त्याग्नुको खासै फाइदा देखाउन सकेको छैन । तर ईसिम मात्रको विकल्पमा आईफोन जानुले मोबाइल सेवाप्रदायकलाई सिम राख्ने प्रक्रिया सुधार गर्न र प्रयोगकर्तालाई भौतिक सिम राख्ने कार्यबाट त्यसतर्फ धकेल्न भने सक्छ ।

यद्यपि तथ्य कुरा के हो भने ग्राहकले भौतिक सिम कार्ड राख्ने फिचर गुमाउँदैमा कुनै खास चिज पाउने छैनन् । सिम कार्ड स्लट हटाउँदाको खाली रहने भागमा ठूला ब्याट्री र उत्कृष्ट सेन्सर आउनु पर्ने हो ।

तर ग्राहकले सिम ट्रेको स्थानमा केवल प्लास्टिक भरिएको मात्र पाउँछन् । ​ईसिम आत्मसाथ गर्ने दिशामा आईफोनको महत्वाकांक्षी अग्रसरता अनुरूप अमेरिकामा आईफोन १४ ईसिम मात्रैको विकल्पमा आएको छ ।

मोबाइल उद्योग क्षेत्रलाई ईसिम आत्मसाथ गराउने दिशामा यो आवश्यक कदम पनि हो । यस्तोमा ईसिमतर्फ स्विच गर्न अमेरिका पहिलो बजार भए पनि यतिले मात्रै आईफोनका सबै मोडल ईसिम मात्रै सपोर्ट गर्ने गरी आउने वातावरण बन्दैन ।

त्यसो त आईफोन १४व सिरिज ईसिम-मात्रको अवधारणाका लागि पहिलो होइन, त्यसको श्रेय मोटोरोला राजर फोल्डेबल फोनलाई जान्छ । यद्यपि राम्रो होस् वा खराब, सामान्यतः आईफोनले नै स्मार्टफोन उद्योगको प्रवृत्तिलाई निर्देशित गर्दै आएको छ ।

जुन हामीले यस अघि नै हेडफोन ज्याकको सवालमा देखिसकेका छौँ । उत्तर अमेरिकी बजारमा रहेको एप्पलको लोकप्रियताले त्यहाँका मोबाइल सेवाप्रदायकलाई ईसिमको सुविधा दिन दबाव पक्कै दिनेछ ।

एन्ड्रोइड तर्फको कुरा गर्ने हो भने गुगलले एन्ड्रोइड १३ सँगै ईसिम सपोर्टमा सुधार ल्याएको छ । दुई ओटा सिम सपोर्ट गर्ने फिचर एन्ड्रोइड डिभाइसहरूमा एउटा ठूलो विषय हो ।

वास्तवमा मोबाइलमा ईसिम हार्डवेयर मोड्युल थप गर्नुपर्ने र त्यसलाई कन्फिग्रेसन गर्नुपर्ने हुन्छ । एन्ड्रोइड १३ मा गुगलले एमईपी अर्थात मल्टिपल इम्बेडेड प्रोफाइल सपोर्ट ल्याएको छ ।

जसले दुई वा दुई भन्दा बढी ईसिम लाइनका लागि एउटा ईसिम मोडललाई अनुमति दिनेछ । जसले फोनको मूल्य र त्यस भित्रको ठाउँ बचत गर्नेछ र यो फिचरले विद्यमान उपकरणहरूलाई समेत साथ दिनेछ ।

साथै यसले दुई ओटा एक्टिभ ईसिम कन्फिग्रेसनलाई समेत सम्भव बनाउनेछ । यद्यपि यो फिचर एन्ड्रोइड १३ मा आधारित कुनै पनि उपकरणमा अहिलेसम्म एक्टिभ भइसकेको छैन । पिक्सेल ७ सिरिजमा यो सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

त्यसपश्चात अन्य पिक्सेल फोनहरूले पनि यसलाई प्राप्त गर्ने छन् । ईसिमका लागि विद्यमान महत्त्वपूर्ण व्यवधानहरू हटाउँदै सबै मोबाइल निर्माताका लागि ईसिम कार्डलाई गति दिने ढोका खुला भएको छ ।

ईसिम इम्बेडेड उपकरण सार्वजनिक भएको पाँच वर्ष यता यस वरिपरिका अधिकांश प्राविधिक चुनौतीहरू समाधान भएका छन् । अब उपभोक्ता शिक्षा र स्मार्टफोन निर्माता तथा मोबाइल सेवाप्रदायकलाई उचित किसिमको लाभ दिएर ईसिम तर्फ धकेल्नुपर्ने कुरा बाँकी छ ।

जब कि प्रिमियम स्मार्टवाच र मोटो राजर जस्ता फोनहरूले कम्प्याक्ट उपकरण, भविष्यका लागि आवश्यक ठूलो ब्याट्री तथा क्यामेरा सेन्सर जस्ता कुराहरू मार्फत ईसिमको उपादेयता देखाइसकेका छन् ।

अधिकांश ग्राहकलाई प्रत्यक्ष किसिमको लाभको अभाव रहेको अवस्थामा ईसिम तर्फको रुपान्तरणका लागि हार्डवेयरबाटै उपयोगिता देखाउनुपर्ने आवश्यकता छ । अन्ततः अब ईसिम मूलधारमा जान तयार भएको छ ।

तर यसका लागि स्मार्टफोन निर्माताले आफ्ना प्रयोगकर्तालाई उनीहरूको समयका लागि त्यसको औचित्य प्रति सहमत गराउनु पर्नेछ । 

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०७९ २१:२५