close

नेपाली बजारमा दुई नयाँ इयरबड्स सार्वजनिक गर्दै मिवि

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ ८:४७

नेपाली बजारमा दुई नयाँ इयरबड्स सार्वजनिक गर्दै मिवि

काठमाडौं । नेपाली बजारमा मिवि प्रडक्टसको दुई नयाँ वायरलेस इयरबड्स सार्वजनिक हुने भएको छ । नेपालको लागी मिविको आधिकारिक वितरक इन्फोनिटि ग्रुप प्रा. लि. ले दुई नयाँ इयरबड्स 'डुओपड्स एम थर्टी' र 'डुओपड्स एफ सेभेन्टी ईएनसी' सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार यी दुवै इयरबड्स यही बिहिबार कात्तिक २४ गते सार्वजनिक हुनेछ ।

२,३९९ रूपैयाँ मूल्य रहेको डुओमड्स एम थर्टीमा ५.२ ब्लुटुथ प्रयोग गरिएको छ । एकपटकको फुल चार्जमा दुवै कानको इयरबड्स ४२ घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । एक वर्षको वारेन्टी सहित यो इयरबड चार रंगमा उपलब्ध हुनेछ ।
 
यस्तै गरी डुओपड्स एफ सेभेन्टी नोइज क्यान्सिलेशन फिचर सहित उपलब्ध हुनेछ । गेमिङको लागि उपयुक्त हुने बताइएको यो इयबड्स दुवै कानमा प्रयोग गर्दा ५० घण्टा सम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । चार रंगमा उपलब्ध यो इयरबड्सको मूल्य ३,३९९ रूपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार सार्वजनिक भएपछि प्रयोगकर्ताको खरिदको लागि भने २५ गतेबाट ई-कमर्स प्लेटफर्म दराजको ११.११ सेलसँगै उपलब्ध हुनेछ । 

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ ८:४७