close

नेपाली बजारमा आईएमईले बेच्यो एक महिनामै १०० इलेक्ट्रिक स्कुटर

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १४:४१

नेपाली बजारमा आईएमईले बेच्यो एक महिनामै १०० इलेक्ट्रिक स्कुटर

काठमाडाैं । आईएमई ग्रुप अन्तर्गतकाे आईएमई मोटर्स प्रालिले  नेपाली बजारमा एक महिनामै एक सयभन्दा बढी इलेक्ट्रिक स्कुटर बिक्री गरेकाे छ । कम्पनीले दशैं-तिहारकाे अवधिमा याे संख्यामा भारतीय ब्रान्ड 'राफ्ट' का विभिन्न माेडेलका स्कुटर बिक्री गरेकाे जानकारी दिएकाे हाे ।

आईएमई मोटर्सका बिक्री प्रबन्धक यमन खतिवडाले नेपाली बजारमा १०० देखि अधिकतम ३२० किलाेमिटरसम्म रेन्ज दिने राफ्ट इलेक्ट्रिक स्कुटर विस्तार गरिरहेकाे जनाए ।

''हाल हामीले ३२० किलोमिटरसम्म रेन्ज दिने विद्युतीय स्कुटर उपलब्ध गराएका छाैं,” उनले भने, ''यसमध्ये वारियर, जीस्पा, टीस्टा र म्याङनाइट सस्ताे मूल्यका माेडेल हुन् ।” 

उनका अनुसार यी विद्युतीय स्कुटरले एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्मको रेन्ज दिन्छन् । ब्लेड ब्याट्रीमा पाउन सकिने यी स्कुटरको खरिदमा १० एम्पियरको फास्ट चार्जर प्राप्त गर्न सकिन्छ, जसमार्फत दुईदेखि चार घण्टाको बीचमा फुल चार्ज गर्न सकिने कम्पनीकाे दाबी छ ।

ब्याट्रीमा तीन वर्ष अर्थात् अधिकतम एक लाख किलोमिटर र मोटर कन्ट्रोलरमा एक वर्षसम्मको वारेन्टी दिइएको छ । १७० एमएम ग्राउण्ड क्लियरेन्स भएका यी स्कुटरलाई बिना चाँबी रिमोट कन्ट्रोलमार्फत पनि चलाउन सकिन्छ ।

यी मोडेलहरु मध्ये १२०० वाट र ३२४० वाट पिक पावर भएकाे वारियर विद्युतीय स्कुटरकाे मूल्य क्रमश. दुई लाख ४९ हजार रुपैयाँ र दुई लाख ५४ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै १००० र ३२४० वाट क्षमता भएकाे जीस्पास्कुटरको मूल्य क्रमश: दुई लाख ५४ हजार र दुई लाख ८९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर रेन्ज दिने 'इन्डस' इलेक्ट्रिक स्कुटर पनि बिक्री गरिरहेकाे छ । यसअन्तर्गत १२०० र ३२४० वाट क्षमताको पिक पावर दिने स्कुटरकाे मूल्य क्रमश: चार लाख ९९ हजार र पाँच लाख २९ हजार रुपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १४:५३