close

राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स देखाएर मतदान गर्न पाइने

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ २२:४४

राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स देखाएर मतदान गर्न पाइने

काठमाडौं । आउँदो मंसिर ४ मा हुने प्रतिनिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राष्ट्रिय परिचयपत्र र राहदानी लगायतका परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न मिल्ने जानकारी दिएको हो ।

आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्नेछन् ।

यस्ता सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगले जनाएकाे छ ।

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ २२:५१