close

नेपाली बजारमा सेगवे ब्रान्डको नयाँ विद्युतीय स्कुटर, मूल्य तीन लाख ६५ हजार रुपैयाँ

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ १५:५३

नेपाली बजारमा सेगवे ब्रान्डको नयाँ विद्युतीय स्कुटर, मूल्य तीन लाख ६५ हजार रुपैयाँ

काठमाडौं । सेगवे-नाइनबोटले नेपाली बजारमा नयाँ स्कुटर ‘सेगवे ई११०एल’ सार्वजनिक गरेको छ । मध्यमदेखि लामो दूरीकाे यात्राका लागि उपयुक्त हुने बताइएको यो स्कुटरमा २४०० वाटको मोटर र ७२ भोल्टकाे २४ एम्पियर ब्याट्री क्षमता छ ।

यो स्कुटर ११० किलोमिटरभन्दा बढी गुड्नसक्ने कम्पनीको दाबी छ । नयाँ स्कुटरमा इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक, टेलबक्सहरू लगायतका सुविधा उपलब्ध छन् । साथै यसले ड्राइभर अक्युपेन्सी डिटेक्शन सिस्टमले अटोमोटिभ ग्रेड टेक्नोलोजीको फाइदा लिएर असामान्य समाधानका साथ सवारलाई सचेत गराउने कम्पनीको भनाइ छ ।

किकस्ट्यान्ड लागेको पत्ता लगाई राइडरहरूलाई सम्भावित खतराहरूबाट बचाउन किकस्ट्यान्ड निकाल्ने कुरा सम्झाउने पनि कम्पनीको दाबी छ ।

यसमा रहेकाे इलेक्ट्रोनिक पार्किङ मेकानिजमले गाडीले चलिरहेको अवस्थामा अनपेक्षित रुपमा छोएर हुने दुर्घटनाहरूलाई रोक्नसक्छ । इन्टेलिजेन्ट इलेक्ट्रोनिक प्रणालीले यो स्कुटरलाई अन्यको तुलनामा सुरक्षित बनाएको कम्पनीको दाबी छ ।

यो स्कुटरको मूल्य तीन लाख ६५ हजार रुपैयाँ निर्धारण गरिको छ । कम्पनीका अनुसार ग्राहकले शुन्य प्रतिशत किस्ताबन्दीमा यो स्कुटर किन्नसक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ १६:६