close

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा टेलिकमको डेटा निःशुल्क

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १२:८

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा टेलिकमको डेटा निःशुल्क

काठमाडौं । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क डेटा पाउन सकिने भएको छ । नेपाल टेलिकमको नेटवर्कमा बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा डेटा शुल्क नलाग्ने व्यवस्था गरिएको हो ।

बैंकले केही समय अघि मात्र आफ्नो नयाँ मोबाइल बैंकिङ एप ल्याएको  थियो । नेपाल टेलिकमसँगको सहकार्यले अब वाई-फाई नहुँदा वा मोबाइलमा ब्यालेन्स तथा डेटा प्याकेज नहुँदा समेत यो एप प्रयोग गर्न सम्भव भएको छ ।

यसबाट प्रयोगकर्तालाई मोबाइल बैंकिङ प्रयोग गर्न सहज हुने बैंकको अपेक्षा रहेको छ ।  

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १२:८