close

५ करोड लगानीमा नेपालमै पहिलो पटक एनिमेटेड फिल्म बन्दै

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १७:३८

५ करोड लगानीमा नेपालमै पहिलो पटक एनिमेटेड फिल्म बन्दै

काठमाडौं ।  करिब पाँच करोड रूपैयाँ लगानीमा नेपालमा एनिमेटेड चलचित्र बन्ने भएको छ । चित्र, डिजाइन र विभिन्न इफेक्टकाे प्रयाेग गरी 'चन्द्रागिरी वारियर्स' नामक चलत्रिच निर्माण हुन्न लागेकाे हाे ।

इन्द्र बलामीको निर्देशनमा बन्ने चलचित्रका पात्र कम्प्युरकै माध्यमबाट बनाइने छ  । नेपालमा यस्तो चलचित्र पहिलोपटक बन्न लागेको बलामीको दाबी छ । फिल्मलाई नेपालीसहित अङ्ग्रेजी, नेवारी र हिन्दी भाषामा डबिङ गरेर प्रदर्शनमा ल्याउने उनले जानकारी दिए ।

''नाम चन्द्रागिरी योद्धा भए पनि यसमा एउटा 'सर्भाइभल एनिमलको कथा समेटिने छ,'' उनले टेकपानासँग भने, ''उक्त जनावरले आफू, आफ्नो परिवार र समाजलाई कसरी बचाउँछ भन्ने कुरा एनिमेटेड क्यारेक्टरका माध्यमबाट देखाइन्छ ।''

माया एनिमेसन एकेडेमीले तयार पार्न लागेको चलचित्रकाे निर्माण कार्य सम्पन्न हुन साढे एक वर्ष लाग्न सक्ने अनुमान गरिएकाे छ । यसका लागि २० जनाभन्दा बढी नेपाली थ्रीडी एनिमेटरले काम गर्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १७:३८