close

यस्तो हुनेछ अनरको नयाँ फोल्डेबल स्मार्टफोन

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ ९:५४

यस्तो हुनेछ अनरको नयाँ फोल्डेबल स्मार्टफोन

काठमाडौं । अनरले आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन यही नोभेम्बर २३ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले 'अनर म्याजिक भीएस' फोल्डेबल फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले आधिकारिक रुपमा यो स्मार्टफोनको विषयमा कुनै पनि विवरणहरू बाहिर ल्याएको छैन । यद्यपि फोनमा स्न्यापड्रागन ८ जेन २ चिप प्रयोग गरिएको अनुमान  छ ।

यस्तै यो फोनमा १२० हर्जको रिफ्रेसरेट सहितको ६.४५ इन्चको बाहिरी स्क्रिन र ७.९ इन्चको भित्री स्क्रिन हुने पनि बताइएको छ । अनरको पुराना स्मार्टफोनहरूको रेकर्ड हेर्ने हो भने यो नयाँ फोल्डेबल फोनमा पनि ५० मेगापिक्सेल सहितको ट्रिपल क्यामेरा सेट उपलब्ध हुने अनुमान छ ।

यसमा ६६ वाटको चार्जिङ सहित ४,७५० एमएएचको ब्याट्री उपलब्ध हुने बताइएको छ । फोनको अन्य विवरणहरूको लागी भने केही समय पर्खनुपर्नेछ ।  

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ ९:५६