close

खल्तीबाट १०० को टपअप गर्दा विद्युतीय स्कुटर जित्ने मौका

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ ११:५९

खल्तीबाट १०० को टपअप गर्दा विद्युतीय स्कुटर जित्ने मौका

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले आफ्ना प्रयोगकर्ताका लागि रु. १०० को टपअप गर्दा विद्युतीय स्कुटर जित्न सकिने अफर ल्याएको छ । यो अफरमा सहभागी हुन प्रयोगकर्ताले खल्ती एपको ‘फिचर'  सेक्सनमा गएर “खल्ती मा आइमा ई-स्कुटर” आइकनबाट रू.१०० को रिचार्ज/टपअप गर्नुपर्ने हुन्छ।

आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन् । सहभागीमध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरूप 'आइमा ई-स्कुटर' प्राप्त गर्नेछन् ।

साथै हरेक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले 'आइमा' को तर्फबाट अन्य विविध पुरस्कार जित्न सक्नेछन् । यो अफर कार्तिक २४ देखि पुस १६ सम्म लागू हुनेछ। 

अफर समाप्त भएको सात दिनभित्र खल्तीको फेसबुक पेजमा फेसबुक लाइभमार्फत लक्की ड्र गरी “खल्ती आइमा ई-स्कुटर” को बम्पर पुरस्कार विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । 
यो अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो केवाईसी (KYC) भने भेरिफाई गराउनुपर्नेछ । 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १४:२९