close

बन्द भयो स्मार्ट लाइसेन्सको अनलाइन आवेदन

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १६:१६

बन्द भयो स्मार्ट लाइसेन्सको अनलाइन आवेदन

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)का लागि अनलाइन आवेदन बन्द गरेकाे छ ।

यसअघि यातायात व्यवस्था विभागले मंसिर १ देखि आवेदन बन्द हुने जानकारी दिएपनि एक साताअघि नै अनलाइन आवेदन बन्द भएकाे हाे । हाल आएका आवेदनमार्फत कात्तिक ३० गतेसम्मको अपोइन्टमेन्टको समय बुक भइसकेकाले आवेदन फाराम बन्द गरिएको विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए ।

आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि विभागका कर्मचारी खटिने भएकाले अनिश्चिन समयका लागि अनलाइन आवेदन बन्द गरिएकाे उनले जनाए । 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ २१:७