close

कलंकीमा बससेवाको आधुनिक यात्रु प्रतिक्षालय, इन्टरनेटदेखि चिया कफीसम्मका सुविधा

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १७:३२

कलंकीमा बससेवाको आधुनिक यात्रु प्रतिक्षालय, इन्टरनेटदेखि चिया कफीसम्मका सुविधा

काठमाडौं । अनलाइनमार्फत बस टिकेटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित ढुंङ्गेअड्डामा यात्रु प्रतिक्षालय (प्यासेन्जर लाउन्ज) सञ्चालनमा ल्याएको छ । हवाई यात्रुलाई प्यासन्जर लाउन्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी कम्पनीले यस किसिमको लाउन्ज निर्माण गरेको हो ।

यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झन्झट नहोस् भन्ने उदेश्यले लाउन्ज सञ्चालनमा ल्याएको बससेवाले जनाएको छ । लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।

लाउञ्जमा यात्रुहरूलाई वाईफाई, निःशुल्क खानेपानी र चिया तथा कफी खाने व्यवस्था मिलाइएकोे छ । लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्नसक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १७:३२