काठमाडौं । ओप्पो रेनो नाइन सिरिजका तीन स्मार्टफोन आउने दुई हप्तामा सार्वजनिक हुने तयारीमा छ । कम्पनीले ओप्पो रेनो नाइन सिरिज अन्तर्गतका ओप्पो रेनो नाइन, नाइन प्रो र नाइन प्रो प्लस सार्वजनिक गर्ने तयारी गरेको हो । तीन मध्ये रेनो ९ को डिस्प्ले अन्य दुईको तुलनामा केही फरक हुने बताइएको छ ।
ओप्पो रेनो ९ मा १२० हर्ज रिफ्रेस रेट सहितको ६.७ इन्चको डिस्प्ले उपलब्ध छ । फोनमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रिडर पनि उपलब्ध गराइएको छ । त्यस्तै फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ । फोनमा स्न्यापड्रागन ७७८ जी चिपसेट सहित १२ जीबीको र्याम छ । ब्याट्री भने यो फोनमा ४,५०० एमएएचको उपलब्ध गराएको छ ।
ओप्पो रेनो ९ प्रो प्लसमा भने मिडियाटेक डाइमेन्सिटि ८००० चिपसेट प्रयोग गरिने बताइएको छ ।