close

के हो विश्वकप २०२२ मा प्रयोग हुने ‘फुटबल इन्टेलिजेन्स’ प्रविधि ?

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १३:३२

के हो विश्वकप २०२२ मा प्रयोग हुने ‘फुटबल इन्टेलिजेन्स’ प्रविधि ?

काठमाडौं । मंसिर ४ गतेबाट सुरु हुने फुटबलको विश्वकप २०२२ यसमा प्रयोग भइरहेको प्रविधिका कारण निकै नै चर्चामा छ । कतार आयोजना हुने विश्वकपमा नयाँ-नयाँ प्रविधिको प्रयोग गरिएको छ । यसैबिच फेडरेशन अफ इन्टरनेशनल फुटबल एसोसियसन (फिफा) ले यो पटक विश्वकप २०२२ मा ‘फुटबल इन्टेलिजेन्स’ नामक प्रविधि प्रयोग गर्दैछ । 

यो पटकको विश्वकपमा प्रत्येक खेलको विषयमा विशेष जानकारीहरू प्राप्त गर्न सक्नेछन् । पुरानो इतिहास देखि लिएर खेलाडीको हालको पफर्मेन्ससम्मका विवरणहरू टिभी अथवा अनलाइन मार्फत खेल हेर्ने दर्शकहरूले थाहा पाउन सक्नेछन् । यसको लागि फिफाले फुटबल इन्टेलिजेन्स प्रणाली प्रयोग गर्न लागेको हो । 

फुटबल इन्टेलिजेन्स नामक यो प्रविधिको प्रयोगले खेल विश्लेषण गर्न सहज हुने फिफाको विश्वास छ । विश्वकपमा हुने प्रत्येक खेलको आफ्नै युनिक सेट हुनेछ । फुटबल इन्टेलिजेन्सले उक्त सेटमा भएका गतिविधिलाई अगमेन्टेड रियालिटीका रूपमा स्क्रिनमा देखाउनेछ । अगमेन्टेड रियालिटी भनेको त्यस्तो प्रविधि हो जसले कम्प्युटरद्वारा तयार पारिएका तस्बिरलाई वास्तविक रूपमा प्रस्तुत गर्छ ।

फुटबल इन्टेलिजेन्स प्रविधिले खेलका विभिन्न तथ्याङ्कलाई स्पष्ट रूपमा परिभाषित गर्न विभिन्न भिडिओहरू पनि देखाउने फिफाले बताएको छ । यसले बलमा के हुन्छ भन्ने कुरा मात्र नभइ खेलाडी नियन्त्रण बाहिर जाँदा बलको वरिपरि र बाहिरको चाललाई विश्लेषण गर्न सक्छ ।

फुटबल इन्टेलिजेन्सले उपलब्ध गराएको डेटा प्रयोग गरेर फिफाले खेल कसरी अगाडि बढिरहेको छ भन्ने सहजै विश्लेषण गर्न सक्छ । फिफाको हाई पर्फमेन्स टोलीमा फुटबल विश्लेषक, डेटा साइन्टिस्ट र डेटा इन्जिनियर समावेश छन् । उनीहरूले नै आधुनिक डेटा तथा तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले फुटबल इन्टेलिजेन्स तयार पारेका हुन् ।

यस प्रविधिको प्रयोगले तल उल्लेखित कुराबारे जानकारी पाउन सकिन्छ ।

  • पोसेसन कन्ट्रोल

  • बल रिकभरी टाइम

  • लाइन ब्रेक्स

  • डिफेन्सिभ लाइन हाइट

  • फाइनल थर्ड इन्ट्रिज

  • फोर्स्ड टर्नओभर

  • बलमा लागेको प्रेसर

  • अपेक्षित गोल

  • टिमको आकार

  • मिडफिल्ड र डिफेसन्सिभ लाइनसँग सम्बन्धित विषय

  • खेलका चरणहरू

 

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ १३:३२