close

विद्युतीय कार खरिद गर्न नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १५:१

विद्युतीय कार खरिद गर्न नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय कार खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.ली र नबिल बैंकबिच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार ग्राहकले नेक्सन र टिगोरको विद्युतीय कार खरिद गर्दा नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । कुनै पनि निजी अथवा संस्थाको प्रयोगको लागी यी सवारी खरिद गर्न नबिल बैंकले सात वर्ष भित्र फिर्ता गर्न मिल्ने ऋण १२.९९ प्रतिशत ब्याजमा उपलब्ध गराउनेछ । 

यो ऋण नबिल बैंकको सबै शाखाबाट लिन सकिनेछ भने ग्राहकले आवेदन दिएको २४ घण्टा भित्र ऋण उपलब्ध गराउने बताइएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि यो सम्झौता गरेको बैंकले जनाएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ १५:१