close

रिप्लाइ नगरी मेसेन्जरमा यसरी एसेप्ट गर्नुहोस् मेसेज रिक्वेस्ट

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १९:३६

रिप्लाइ नगरी मेसेन्जरमा यसरी एसेप्ट गर्नुहोस् मेसेज रिक्वेस्ट

काठमाडौं । आफूले चिनेका वा अपरिचित मानिसहरूसँग कुरा गर्नका लागि फेसबुक मेसेन्जर उपयुक्त प्लेटफर्म हो । तर हरकोहीले पनि मेसेज पठाउने भएपछि प्रयोगकर्तालाई पर्न गएको समस्याका कारण फेसबुकले मेसेज रिक्वेस्टको विकल्प उपलब्ध गराएको हो । फेसबुकमा आफूसँग साथी नभएको प्रयोगकर्ताहरूले पठाउने मेसेजहरू मेसेज रिक्वेस्टमा गएर बस्छ । 

मेसेज रिक्वेस्टमा आएका कतिपय मेसेजहरू धेरै महत्त्वपूर्ण पनि हुनसक्छन् । तर, कतिपय यस्ता मेसेज हुन्छन् जसलाई हामीले रिप्लाई दिनै पर्छ भन्ने हुँदैन । तपाईँसँग फेसबुकमा कुरा गरेको छु भनेर देखाउनका लागि भए पनि कतिपयले मेसेज रिक्वेस्ट पठाएका हुन्छन् ।

तर, मेसेन्जरबाट मेसेज रिक्वेस्ट एसेप्ट गर्नका लागि तपाईँले केही लेखेर रिप्लाई दिनैपर्ने हुन्छ । आज हामी मेसेज रिप्लाई नगरेरै मेसेज रिक्वेस्ट कसरी एसेप्ट गर्ने भन्ने विषयमा जानकारी दिँदैछौँ ।

त्यसका लागि तपाईँले प्ले स्टोरबाट फेसबुकको लाइट एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ । लाइट एप्लिकेसनबाट रिप्लाइ नगरी मेसेज रिक्वेस्ट एसेप्ट गर्न यसो गर्नुहोस् ।

 

- सबैभन्दा पहिले फेसबुक लाइट एप डाउनलोड गर्नुहोस् ।

- त्यसपछि मेसेज आईकनमा ट्याप गर्नुहोस् ।

- अनि माथि रहेको सेटिङको आइकनमा ट्याप गर्नुहोस् ।

- र, मेसेज रिक्वेस्ट जानुहोस् । त्यहाँ तपाईँलाई आएका मेसेज रिक्वेस्ट देख्न सक्नुहुन्छ ।

- आफूले एसेप्ट गर्न चाहेको मेसेजमा ट्याप गर्नुहोस् ।

- त्यसपछि तल एसेप्टको अप्सनमा ट्याप गरेर मेसेज रिक्वेस्ट एसेप्ट गर्न सक्नुहुन्छ ।

फेसबुक लाइट एप एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । फेसबुकले गत वर्ष मात्र एप स्टोरबाट उक्त एप हटाएको थियो । लाइट एपको साइज सानो हुने भएकाले यो एप वैकल्पिक रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ १९:३६