close

राष्ट्रिय परिचयपत्रको जानकारी लिन विभागले दिएको नम्बरमै लाग्दैन फोन

टेकपाना टेकपाना

कात्तिक २८, २०७९ १३:४९

राष्ट्रिय परिचयपत्रको जानकारी लिन विभागले दिएको नम्बरमै लाग्दैन फोन

काठमाडौं । राष्ट्रिय परिचयपत्र नम्बरका लागि जानकारी लिन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न माध्यम उपलब्ध गराएकाे छ । विभागले राष्ट्रिय परिचयपत्र नम्बरबारे एसएमएस, भाइबर वा ह्वाट्सएपबाट जानकारी पाउन सकिने जानकारी दिएको छ ।

तर, विभागले उपलब्ध गराएका कुनै पनि माध्यमबाट राष्ट्रिय परिचयपत्र नम्बरबारे जानकारी पाउन त्यति सहज छैन । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न नम्बरहरू उपलब्ध गराएको थियो ।

विभागले उपलब्ध गराएको ह्वाट्सएप र भाइबर नम्बरमा कुनै पनि प्रतिक्रिया आइरहेको छैन । त्यस्तै सम्पर्कका लागि उपलब्ध गराएको नम्बर पनि अफ गरेको पाइएको छ । विभागले सूचना प्रकाशन गरेको पोस्टमा पनि धेरै प्रयोगकर्ताहरूले दिइएको नम्बरबाट कुनै पनि जानकारी प्राप्त नभएको गुनासो गरेका छन् ।

विभागले उपलब्ध गराएको एसएमएस प्रणालीमा हरेक पटक नम्बर मिलेन भन्ने सन्देश दिन्छ । त्यस्तै ह्वाट्सएप वा भाइबरजस्ता माध्यममा मेसेज गर्दा कुनै प्रतिक्रिया नै आउँदैन । यद्यपि विभागका सूचना अधिकारी लक्ष्मण ढकालले भने धेरैजनाले एकैपटक सम्पर्क गर्ने प्रयास गरिरहेको कारण नेटवर्क समस्या भएको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०७९ १३:४९