close

देशका ७ लाख भन्दा बढि घरधुरीमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ १५:३४

देशका ७ लाख भन्दा बढि घरधुरीमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा

काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले २०५२ साल भदौ ३० गते स्थापना भएर आफ्नो २७ वर्ष पार गर्दै गर्दा आफ्नो सेवा सात लाख भन्दा बढि घरधुरीमा विस्तार गरेको हो । 

२०७४ सालको जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा नयाँ छ लाख ग्राहक थप गरेको हो । देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको कम्पनीको भनाई छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या भने ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १५:४४